सिद्धबाबा मन्दिरमा भक्तजनले चढाएको दानमा ठगीधन्दा (भिडियो रिपोर्टसहित)

२०८० असार ३१ गते २१:११
सिद्धबाबा मन्दिरमा भक्तजनले चढाएको दानमा ठगीधन्दा (भिडियो रिपोर्टसहित)

३१ असार २०८० बुटवल । बुटवलस्थित तल्लो सिद्धबाबा मन्दिरमा भक्तजनले चढाउने दानकै अपचलन भेटिएको छ।

मन्दिरमा धार्मिक कार्य गरेबापत भक्तजनबाट शुल्क लिइन्छ। तर,भक्तजनले तिरेको शुल्कमध्ये अर्धकट्टीमा आधा मात्रै देखाएर आधा अपचलन गरिएको भेटिएको हो। धाम विकास समतिका कर्मचारीबाट बद्मासी भएको पाइएपछि स्थानीय प्रशासनले पूजारीसहितलाई निलम्बन गरी थप छानवीनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष आग्रह गरेको छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको तल्लो सिद्धबाबा धाममा विवाह, व्रतबन्ध जस्ता धार्मिक कार्य हुँदै आएको छ । यस बापत धाम विकास समितिले सेवा शुल्क भन्दै निश्चित रकम लिने गर्छ । तर दाताबाट संकिलत सोही रकममा समेत अनियमितता गरिएका किर्ते रसिद फेला परेको छ ।

सार्वजनिक भएका रसिदमा दाताबाट १ हजार ५ र १ हजार १ सय ५ रुपैयां लिएको उल्लेख गरिएको छ । तर, तीन वटैै रसिदका छायाँ प्रतिमा भने ५ सय ५ रुपैयाँ लेखिएको छ ।

२०७९ साल असार २२ गते सैनामैना ४ रुपन्देहीका कुमार कार्कीले धामविकास समितिलाई रसिद काटेरै १ हजार १ सय ५ रुपैयां बुझाउनुभएको थियो । तर, सोहि रसिदको छाँँया प्रतिमा भने ५ सय ५ रुपैयाँ मात्रै लेखिएको पाइएको छ ।

गत मंसिर २६ गते रुपन्देहीको हिरापुरकी तिला कुमारी खड्का र मंसिर २८ गते बुटवल ११ की गंगा रायमाझीले पनि रसिद काटेरै धाम विकास समितिलाई १ हजार १ सय ५ रुपैयां प्रदान गरेका थिए । तर गंगा र तिला कुमारीलाई दिइएका रसिदका छाँया प्रतिमा पनि ५ सय ५ रुपैयाँ मात्र उल्लेख गरिएको छ ।

रकम संकलन गर्ने व्यक्तिले नै मन्दिरमा संकलन भएको रकम झ्वाम पार्ने गरेको तथ्यसहित सामाजिक सञ्चालहरुमा किेर्त रसिद आएपछि मन्दिरमा भइरहेको कर्तुत सार्वजनिक भयो । सार्वजनिक नै भएपछि धाम विकास समितिले पनि यसलाई गल्ती भएको भन्दै स्वीकारेको छ ।

यो अहिले आएर सार्वजनिक मात्र भएको हो । तर, रसिदमा किर्ते गरेर रकम अपचलन गरेको घटना यसअघि नै अख्तियारमा जिल्ला प्रशासन कार्यालयले उजुरी दिएको थियो । धाम विकास समितिकै कर्मचारी तारानाथ उपाध्याय र पुजारी भुवन ज्ञवालीले रकम अपचलन गरेको पुष्टि भएपछि अपचलन गरेको रकम असुल गरेर निलम्बन गरिएको छ ।

यसमा समितिले समेत अनुसन्धानमा सहयोग गर्दै आएको छ । मन्दिर जस्तो पवित्र स्थलमा भएको आर्थिक अनियमितता कर्मचारीलाई मात्र दोषी देखाएर उम्कन खोजेको सरोकारवालाका आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *