अपाङ्गता भएका व्यक्तिलाई पशुसरहको व्यवहार (भिडियो रिपोर्टसहित)

२०८० जेठ १७ गते २१:०९
अपाङ्गता भएका व्यक्तिलाई पशुसरहको व्यवहार (भिडियो रिपोर्टसहित)

१७ जेठ २०८० धादिङ । अपाङ्गता भएका व्यक्तिलाई राज्यबाटै विशेष हेरिविचार र सुविधा उपलब्ध हुने ग्यारेन्टी संविधानमै गरिएको छ । तर व्यवहारमा भने ठीक उल्टो छ । अपाङ्गता भएका व्यक्ति पशुसरहको जीवन बाँच्न बाध्य छन् ।

बाख्राको खोरमा पशुसरहको जीवन विताइरहेका उत्तरी धादिङ खनियाबाँस गाउँपलिका सिङगङका पारस तामाङ । संविधान र कानुनमा जे लेखिए पनि तामाङको जीवन पशुतुल्य छ । बस्तीदेखि भण्डै डेढ सय मिटर पर एकान्त ठाउँमा रहेको गोठमा पशु जसरी नै बाँधिएको तामाङलाई ।

गोठको तल्लो तल्लामा भैंसी बाँधिएको छ । पारसलाई बाख्रासँगै खोरमा बाँधिएको छ । बाख्रालाई चराउन लैजाँदा पारसलाई पनि बाहिर लैजाने गरिएको छ । पारसका अभिभावक भन्छन( यो रहर होइन, बाध्यता हो । खुल्ला छाड्दा पारस असुरक्षित हुने भएकाले जोगाउन बाँध्नु परेको परिवारको तर्क छ ।

२०७६ साल भदौ १५ गते महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई पुर्नस्थापना गर्न निर्देशन दिँदै सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । त्यो समयमा पारसकी आमा गंगामाया तामाङ आफैं खनियाबास गाउँपालिका कार्यपालिका सदस्य हुनुहुन्थ्यो ।

आफैं जनप्रतिनिधि भएर पनि जनताको सेवामा लाग्नुपर्ने भएकाले आफ्नै छोराको उपचार र सहयोग माग्न गंगामायालाई असजिलो भयो र मुख खोल्न सक्नु भएन् । छोरा पारसलाई हजुरआमाको साथमा छाडेर गंगामायाका दम्पत्ति अहिले अरु तीन सन्तानका साथ सदरमुकाममा ज्यालामजदुरी गरेर छाक टार्छन् ।

यो गाउँपालिकामा पारससहित ५६ जना पूर्ण अपाङगता भएका व्यक्तिहरु बसोबास गर्छन् । तर सात वर्षदेखि खोरमा रहेका पारसको अवस्थाबारे जनप्रतिनिधिले बल्ल थाहा पाएका छन् ।

अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ मा पूर्ण अपाङगता भएका व्यक्तिको पुर्नस्थापना गरिने उल्लेख छ । तर दुर दराजमा अझै पनि अशक्त र अपाङगता भएका व्यक्तिको अवस्था पारसको जस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *