Main News

रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपतिद्वारा फिर्ता

हिमालय टिभी
२०८० जेठ १२ गते १७:२९
रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपतिद्वारा फिर्ता

१२ जेठ २०८० काठमाडौं । सजाय माफी गरी कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र र सरकारले गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरिदिनुभएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन कैद माफी गर्ने गरी रेशम चौधरीले पठाएको पत्रसहित केही दिनअघि गृहमन्त्रालयले राष्ट्रपति कार्यालयमा प्रस्ताव पठाएको थियो ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भन्दै राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

कैलालीको टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो ।

२० वर्ष कैदको फैसला भएका चौधरी २०७४ फागुन १५ गतेदेखि थुनामा छन् । साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । शारदाले रेशमलगायतलाई थुनामुक्त गर्न नहुने माग राखेर आजै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी दिनुभएको थियो ।

प्रतिक्रिया

One thought on “रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपतिद्वारा फिर्ता

Leave a Reply to Gita Cancel reply

Your email address will not be published. Required fields are marked *