बालबालिकामा बढ्दो रगतसम्बन्धी आनुवांशिक रोग (भिडियो रिपोर्टसहित)

२०८० वैशाख २९ गते १८:२७
बालबालिकामा बढ्दो रगतसम्बन्धी आनुवांशिक रोग  (भिडियो रिपोर्टसहित)

२९ वैशाख २०८० बाँके । पश्चिम नेपालका आदीबासी थारु, मधेशी र मुस्लिम समुदायका बालबालिकामा रगत सम्बन्धी आनुवांशिक रोग थालेसिमियाको समस्या देखिने क्रम बढ्दो छ ।

नेपालगञ्जका अस्पतालहरुमा हरेक हप्ता करिब १५ जना थालेसिमिया बिरामीहरु उपचारका लागि आउने गरेका छन । तर, सरकारले यो रोगको गाम्भीर्यता बुझेको छैन ।

थालेसिमियासम्बन्धी समस्या भएर उपचारका लागि अस्पतालमा आउने बिरामीहरुलाई इमरजेन्सी वाडमा भर्ना गरेर रगत चढाउने गरिएको छ । यो रोगका बिरामीहरुको सहज उपचार भनेको रगत चढाउनु हो । पछिल्ला दिनहरुमा नेपालगञ्जका अस्पतालहरुमा करिब ६५ जना थालेसिमिया विरामीले नियमित रुपमा रगत चढाई रहेका छन ।

बिरामीको अबस्था हेरेर हरेक महिना देखि दुई तीन महिनाको अन्तरमा रगत चढाउनु पर्छ । थालेसिमियाका बिरामीलाई रगत पु¥याउनै ब्लड बैंकलाई हम्मेहम्मे पर्ने गरेको छ ।

थालेसिमिया जस्तै रगत सम्बन्धी अर्को रोग सिकलसेल एनिमियाका बिरामीहरुलाई नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । तर, थालेसिमियाका बिरामलाई यो सुविधा छैन । स्वास्थ्य बीमामा पनि यो रोगका विरामीले सेवन गर्ने औषधि समावेश नहुँदा आर्थिक रुपमा विपन्न विरामी मर्कामा छन् ।

शरीरमा राम्रोसंग रक्तकोषको विकास हुन नसक्दा थालेसिमिया रोग हुन्छ । रोग लागेपछि बच्चाको उचाई उमेर अनुसार नबढ्ने, नङ, हत्केला, पैतला ओठ र आँखा सेतो हुँदै जाने, कलेजो, फियो ठूलो हुने, रगतको कमि भई शरीर सेतो देखिने जस्ता असर देखिन्छ ।

बिहेबारी गर्नु भन्दा पहिले रगतको हिमोग्लोबिन इलेक्ट्रोफोसिस चेक जाँच गरेर थालेसिमिया भए नभएको एकीन गरी बिहेबारी गर्दा सन्तानहरुलाई थालेसिमिया रोगबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *