धनकुटामा आधारभूत स्वास्थ्य अस्पताल निर्माणमा ढिलाइ (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १७ गते १६:३६
धनकुटामा आधारभूत स्वास्थ्य अस्पताल निर्माणमा ढिलाइ (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०८० धनकुटा । संघीय र स्थानीय सरकारले निर्माण गर्ने गरी देशभर ३९६ आधारभूत स्वास्थ्य अस्पतालको एकसाथ शिलान्यास गरेको थियो ।

प्रदेश १ मा ८६ मध्ये धनकुटामा ४ वटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । आधारभूत स्वास्थ्य अधिकार सम्बोधन हुने गरी दुर्गम भेगका नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पतालको शिलान्यास गरे पनि निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।

धनकुटाको साँगुरीगढी गाँउपालिकामा आधारभुत अस्पतालको डिपिआर बाहेक अरु केहि प्रक्रिया अघि बढेको छैन । सरकारले एक साथ आधारभुत अस्पतालको शिलान्यास गरेको करिव ३० महिना बितेको छ । तर ३० महिनाको अवधिमा उपलब्धी भने शून्य छ ।

धनकुटाकै महालक्ष्मी नगरपालिकामा पनि १५ शय्याको अस्पताल निर्माणको तयारी छ । तर भवनको जग हाल्ने बाहेक अन्य काम भएको छैन । निर्माण व्यवसायीको लापरवाहीका कारण समयमै ठेक्का लागेपनि काम भने सुस्त छ ।

चौबिसे गाँउपालिका, सहिदभूमि गाँउपालिका र छथर जोरपाटीमा पनि ३५ प्रतिशत हाराहारीमा मात्रै काम भएको छ । पाख्रिवास नगरपालिकामा पनि निर्माणाधीन छ । सहिद भूमि र छथरमा भने आगामी आर्थिक वर्षभित्र अस्पताल सञ्चालन गर्ने गरि काम अघि बढाइएको छ ।

स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । धनकुटाका सबै स्थानीय तहले १० शय्याको आधारभूत अस्पताल निर्माणको तयारीमा छन् । अस्पताल छिटो सञ्चालनमा आए सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *