जनकपुरधाममा सीता नवमीको रौनक (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १६ गते २०:४५
जनकपुरधाममा सीता नवमीको रौनक (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०८० धनुषा । आज वैशाख शुक्ल नवमी अर्थात जानकी नवमी, देवी सीता धर्तीमा प्रकट भएको दिन । देश भरिमै सिताराम मन्दिरहरुमा मनाइने जानकी प्राकट्य महोत्सव राजर्षि राजा जनकको मिथिलाका राजधानी जनकपुरधाममा भने विशेष रौनक छ ।

करिव एक साता देखि जनकपुरधामको सिताराम मन्दिरहरुमा विभिन्न धार्मिक अनुष्ठान जारी रहेपनि बैशाख शुक्ल नवमीका दिन भने बेग्लै चहलपहल र रौनक छ ।

तत्कालिन मिथिलाका राजा जनकले खेतमा हलो जोतिरहेको अवस्थामा धर्तीबाट सिता उत्पन्न भएको विश्वास गरिन्छ । यही दिनलाई सिताको जन्मोत्सव मानेर जनकपुरधामको जानकी मन्दिर पुजापाठ र गितगानले शुसोभित छ ।

ऐतिहासिक दुधमति नदीमा शाही स्नान गरिएको छ भने माता जानकी दिउँसो १२ बजे प्रकट हुनुभएकाले मन्दिरमा प्राकट्य महोत्सव, वेलुकी डोला शोभायात्रा, साँझ दिपोत्सव र राती बधैयागान सहितका विभिन्न कार्यक्रम गरिँदैछ ।

मिथिलामा विवाहपञ्चमीमा जसरी माता जानकीलाई छोरीबहिनी सरह विभिन्न विधि र कन्यादान गरेर भब्यरुपमा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाइन्छ त्यसरी नै जानकी नवमीलाई पनि भब्यताका साथ आफनै मनाउने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *