फलफूल प्रभावकारी परीक्षण नहु्ँदा नागरिकको स्वास्थ्य जोखिममा (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ८ गते १५:११
फलफूल प्रभावकारी परीक्षण नहु्ँदा नागरिकको स्वास्थ्य जोखिममा (भिडियो रिपोर्टसहित)

८ वैशाख २०८० सुर्खेत । सुर्खेतमा विषादी परीक्षण क्वारेन्टिन पास बिना नै अवैधरुपमा फलफूल भित्रिने गरेको छ ।

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको अवशेष प्रभावकारी रुपमा परीक्षण गर्न नसक्दा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । बयस्क मानिसमा यसको असर तुरुन्तै नदेखिए पनि बालबालिका यस्तै फलफूल खाएका कारण बिरामी हुन थालेका छन् ।

सुर्खेतको भेरिगंगा नगरपालिका९ की लक्ष्मी राना आफ्नो नाती बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गर्न जानुभयो । बच्चालाई पखाला लागेको हप्ता दिन भयो । तर, वान्ता हुने र पातलो दिसा हुने क्रम रोकिएको छैन । यस्तै समस्या लिएर अस्पताल आउनेको संख्या पछिल्ला दिनमा बढिरहेका छन् । धेरैजसो बालबालिकामा फलफूल खाएपछि यस्तो समस्या आएको अभिभावकको भनाई छ ।

अहिले बालबालिकामा भाइरल ज्वरो, पखाला, वान्ता आउने जस्ता स्वास्थ्य समस्या देखापरेका छन् । आँप, केरा, अंँगुरजस्ता फलफूल बालबालिकाले मन पराउँछन् । तर, यस्ता फलफूल देशमा निर्वाध रुपमा भित्रिइरहेका छन् । फलफूलमा हालिने विषादीको मात्रा परीक्षण समेत हुँदैन । अधिकांश बालबालिकामा विषादीयुक्त फलफूलको असर देखिएको छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा दैनिक १२ सय क्विन्टल फलफूल र तरकारी आयात हुने गरेको छ । जसमध्ये ३ सय क्न्टिल फलफूल लुम्बिनी प्रदेश, भारत र चीनबाट आयात हुने गरेको छ ।

हाल बजारमा देखिएका केरा, अंगुर लगायत अफसिजन फलफुल भारतबाट भित्रिएका हुन् । सुर्खेतमा विषादी परीक्षण गर्ने संयन्त्र सक्रिय नहुदाँ बजारमा अवैध र विषादीयुक्त फलफुल आयातित विक्रि वितरण भइरहेको छ । जसले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पुगको स्वास्थ्यकर्मीको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *