बाँकेका दुई स्थानमा दश घर जले

२०८० वैशाख ७ गते ८:२९
बाँकेका दुई स्थानमा दश घर जले

७ वैशाख २०८० खजुरा । बाँके को राप्तीपारी क्षेत्रअन्तर्गत नरैनापुर गाउँपालिकाको छुट्टाछुट्टै दुई स्थानमा भएको आगलागीमा दश वटा घर जलेका छन् ।

आगलागीबाट रु २५ लाखको क्षति भएको प्रहरीले अनुमान गरेको छ । बुधबार साँझ नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा आगलागी हुँदा पाँच वटा घर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । उहाँका अनुसार दुई वटा घरमा आंशिक क्षति पुगेको छ ।

यसैगरी नरैनापुर गाउँपालिका–३ को जनतापुरमा आगलागी हुँदा तीन घर र एक गोठमा क्षति पुगेको छ । त्यहाँ करिब रु १५ लाखको क्षति भएको छ ।

करिब डेढ दुई घण्टाको फरकमा दुई वटा स्थानमा भएको आगलागी स्थानीय र प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । गर्मीको मौसममा नरैनापुर क्षेत्र आगलागीको उच्च जोखिममा पर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *