साँझमा मात्र खुल्ने जल्पादेवी मन्दिर (भिडियो रिपोर्टसहित)

२०८० वैशाख २ गते १७:५७
साँझमा मात्र खुल्ने जल्पादेवी मन्दिर (भिडियो रिपोर्टसहित)

२ वैशाख २०८० धनकुटा । प्राय मन्दिरहरू बिहानको नित्यपूजा प्रारम्भ गरेर दिनभरी दर्शनार्थीको लागि खुल्ला राख्ने गरिन्छ । तर धनकुटाको सहिदभूमि गाँउपालिका वडा नम्बर ३मा रहेको छिन्ताङ देवी अर्थात जल्पादेवी मन्दिर भने दिनभरी बन्द हुन्छ । र साँझ परेपछि पूजाका लागि मात्र खोलिन्छ ।

देशका विभिन्न धार्मिक स्थल तथा मन्दिरमा बिहान धुमधामको साथ पूजा भइरहँदा धनकुटाको सहिदभूमि गाउँपालिका वडा नम्बर ३ मा रहेको छिन्ताङदेवी भने बन्द हुन्छ । जब अरु मन्दिरमा साँझको आरति सकिन्छ त्यसपछि यो मन्दिर खुल्छ र पूजाआजा सुरु हुन्छ । जल्पादेवी मन्दिर भनेर पनि चिनिने छिन्ताङदेवी मन्दिरमा साँझ पूजा गर्ने चलन परापूर्वकालदेखि चलिआएको छ ।

यो मन्दिरमा औंसी र आइतबारबाहेक सधै नियमित पूजा बेलुका ५ बजेपछि मात्र हुने गरेको छ । किंवदन्तीअनुसार देवीका दुई दिदीबहिनी छन् । संखुवासभामा रहेको दिदीको बिहान र दिउँसो पूजा गरिन्छ भने धनकुटामा रहेको बहिनीको पूजा साँझ परेपछि हुन्छ ।

यो मन्दिरमा एउटा अनौठो प्रजातिको बृक्ष छ । जहाँ देवीको बास रहेको विश्वास गरिन्छ । तर त्यो कुन प्रजातीको र कति पुरानो हो भनेर स्थानीयलाई थाहा छैन । त्यस्तै रजश्वला हुने उमेरसमूह भन्दा माथिका महिलालाई यो मन्दिर प्रवेशमा निषेध गरिएको छ । सुख्खा ग्रस्त यो क्षेत्रमा मन्दिर आसपास भने प्रशस्सत पानीका मुल छन् ।

यो मन्दिरमा दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यहाँ परेवा, कुखुरा, बोका, हास र राँगाको बली चढाउने गरिन्छ । तर, सुंगुर र खसीको बली दिइँदैन । त्यस्तै यहाँको अर्को विशेषता भनेको यहाँ धुनीको रुपमा रातदिन कहिले पनि ननिभ्ने गरी आगो बाल्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *