ठेकेदार र प्रशासनको लापरबाहीले जलजला क्याम्पसको भवन अलपत्र (भिडियो रिपोर्टसहित)

२०७९ चैत २९ गते २०:५३
ठेकेदार र प्रशासनको लापरबाहीले जलजला क्याम्पसको भवन अलपत्र (भिडियो रिपोर्टसहित)

२९ चैत २०७९ रोल्पा । ठेकेदार र क्याम्पस प्रशासनको लापरबाहीका कारण १२ वर्षसम्म पनि रोल्पाको जलजला बहुमुखी क्याम्पसको भवन निर्माणको हुन सकेको छैन ।

२० प्रतिशत भवन निर्माण गर्न बाँकी हुँदै क्याम्पस प्रशासन ८ वर्ष पहिले नै सरेको थियो । निर्माण सम्पन्न नभएको भवनमा क्याम्पस प्रशासन सरेपछि ठेकेदारले पनि बाहानाबाजी गर्दै आएको छ ।

भारतीय दूतावासको आर्थिक सहयोगमा मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस जलजला बहुमखी क्याम्पसको भवन निर्माण १२ वर्ष अघि सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समिति रोल्पाले नै भवन बनाउने ठेक्का लगाएको थियो ।

१८ महिनामा काम सक्ने गरी दिवा निर्माण सेवारड्रागन बिल्डर्स प्रालि जेभी ललितपुरले २०६७ भदौ ५ गते चार करोड ४४ लाख ९३ हजारमा ठेक्का लियो । भवन निर्माणका लागि तीनपटक म्याद थप गर्दा पनि निर्माण भने पूरा भएन । भवन समयमै निर्माण नहुँदा क्याम्पस सञ्चालनमा समस्या भएको छ ।

ठेकेदारले भवन निर्माणको काम नसक्दै र भवन क्याम्पस प्रशासनलाई हस्तान्तरण नगर्दै क्याम्पस भने ८ वर्ष पहिले नै नयाँ भवनमा सरेको थियो । क्याम्पसको कार्यसम्पादन नयाँ भवनबाटै भएपनि हस्तान्तरण नहुँदा भवन जिर्ण हुनुका साथै पढाईमा समेत समस्या हुँदै आएको छ ।

सम्झौता अनुसार गर्नुपर्ने भित्रि ग्राउण्डमा स्टोन सोइलिङ, कक्षा कोठा रंगरोगन, २२ वटा कम्प्युटर, प्रिन्टर, फ्याक्स मेसिन एवम् फर्निचरका सामग्री खरिदको काम पनि बाँकी छ । थप निर्माणको काममा भने अनुगमन भएपछि मात्र थाहा हुने छ ।

ठेकेदार कम्पनीले ३ करोड ९९ लाख ७३ हजार बढी रकम भुक्तानी पाईसकेको भएपनि हस्तान्तरण प्रक्रियाका बारेमा भने सरोकारवाला निकाय मौन देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *