सिरहा प्रादेशिक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु्
२०७९ चैत २९ गते १६:५०
२९ चैत २०७९ सिरहा । सिराहा प्रादेशिक अस्पतालमा भएको आगलागीका कारण एक जनाको मृत्यु भएको छ ।
अस्पतालको जेनरेटर कक्षमा विद्युत सर्ट भएर आगलागी हुँदा डायलसिस गरिरहेका एक बिरामीको मृत्यु भएको हो ।
डायलासिस गराउन आएका एकजनाको डायलासिस गरिरहेको समयमै आगलागी भएपछि लाइन काटिएको थियो ।
डायलासिस पुरा नभएपछि बिरामीको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालमा आगलागी भएपछि बिरामी र कुरुवाको भागाभाग भएको थियो ।
प्रतिक्रिया