६ महिनामा बन्नुपर्ने पुल ६ वर्ष बितिसक्दासमेत किन बनेन ? (भिडियो रिपोर्टसहित)

२०७९ चैत २८ गते १७:००
६ महिनामा बन्नुपर्ने पुल ६ वर्ष बितिसक्दासमेत किन बनेन ? (भिडियो रिपोर्टसहित)

२८ चैत २०७९ दाङ । दाङमा २६ महिनामा बन्नुपर्ने पुल ६ वर्षभन्दा बढी समय बितिसक्दासमेत निर्माण व्यवसायीको चरम लापरबाहीका पूरा हुन सकेन ।

चार पटकसम्म म्याद थपिएपनि अहिलेसम्म पुल बनेको छैन । बेलामा काम नगर्ने र अहिले उल्टै बजेट कम भएको भन्दै निर्माण कम्पनी काम गर्न आलटाल गरिरहेको छ ।

दाङको ग्रामीण सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१५ को कोठरी–डुरुवा जोड्ने हापुर खोला पुल निर्माणका लागि २०७३ पुस १९ मा सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालीसँग करिब रु १३ करोडको लागतमा सम्झौता भएको थियो । २०७५ वैशाख १८ सम्ममा पूरा गर्ने गरी सम्झौता गरेपनि निर्माण व्यवसायीको चरम लापरबाहीका कारण चार वर्षअघि निर्माण सक्नुपर्ने पुल अझैसम्म सकिएको छैन ।

पुल निर्माणका लागि तीन पटक म्याद थप भइसक्दासमेत पूरा हुन नसकेपछि सडक डिभिजन कार्यालयले चौथो पटक गत असारमा पुनःम्याद थपेको थियो । सडक डिभिजन कार्यालय दाङले पुल निर्माण भइरहेको भन्दै तोकिएको समयमा नबनाए म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही हुने बताएको छ ।

खोलामा पुल बन्न लागेपछि त्यहाँका नागरिकहरू निकै खुसी थिए । तर, लामो समयसम्म पुल नबन्दा अहिले धेरै सास्ती भोग्नु परेको गुनासो छ ।

जनप्रतिनिधिले पनि पुल नबन्दा नागरिकले सास्ती पाएको भन्दै निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गर्दै आएको छ । अहिले पुलको काम भइरहेको भएपनि निर्माण कम्पनीले बजेट अभाव भएको भनेर पन्छिने प्रयास गरेको छ ।

सुरुमा पुल निर्माणका क्रममा निर्माण व्यवसायीले जग्गा विवाद र कोरोना सङ्क्रमणको बहाना बनाउँदै पटकपटक काममा ढिलाइ गरेको थियो । छिटो काम सक्नुपर्ने भन्दै पटकपटक व्यवसायीलाई सूचना प्रकाशित गरेर ताकेता गरे पनि निर्माण व्यवसायीले बेवास्ता गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *