मानव बेचविखन तथा ओसारपसारको आरोपमा सात जना जेल चलान
२२ चैत २०७९ धादिङ । मानव बेचविखन तथा ओसारपसार कसूरमा पक्राउ परेका ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
धादिङ जिल्ला अदालतको २१ गते भएको थुनछेक आदेशले सातै जना प्रतिवादीहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय धादिङमा पठाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
कारागार चलान हुनेहरुमा काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका–६ बस्ने वर्ष ३२ की कविता बानियाँ (आचार्य), धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ३ बस्ने बर्ष ३६ की गीता न्यौपाने, सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– २ स्थायी घर भई हाल काठमाडौंको गंगबुमा डेरा गरी बस्ने बर्ष ३५ की कमला नेपाली रहेका छन् ।
यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –३ स्थायी घर भई धादिङवेशींमा होटल गरी बस्ने बर्ष ३९ की कल्पना आले मगर, त्रिपुरासुन्दरी गाउँपालिका– १ बस्ने वर्ष ३९ को कोपिल दमै, त्रिपुरासुन्दरी गाउँपालिका– ३ बस्ने बर्ष ४४ को रुपेन्द्र अधिकारी र त्रिपुरासुन्दरी गाउँपालिका– ३ बस्ने बर्ष २१ की अस्मिता नेपाली रहेका छन् ।
मंसिर १६ गतेबाट १६ वर्षीया नाबालिका धादिङबाट हराइरहेको हुँदा खोजतलास गर्ने क्रममा ७ जना मिलि बालिकालाई अपहरण गरी मलेखु हुँदै रुपन्देही जिल्लाको सुनौली नाका हुँदै भारत पुराएका थिए ।
प्रतिक्रिया