सिक्टा सिँचाइ : राप्ती सोनारीका किसान खुसी, नरैनापुरका किसान प्रतिक्षामै (भिडियो रिपोर्टसहित)

२०७९ चैत २२ गते १६:१५
सिक्टा सिँचाइ : राप्ती सोनारीका किसान खुसी, नरैनापुरका किसान प्रतिक्षामै (भिडियो रिपोर्टसहित)

२२ चैत २०७९ बाँके । बाँकेमा निर्माणाधिन सिक्टा सिँचाइ आयोजनाको करिव ३७ किलोमिटर नहरको काम सम्पन्न भएको छ । यसले राप्ती सोनारी गाउँपालिकाका ४२ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

अझै १५ किलोमिटर नहर बन्न बाँकी छ । राप्ती सोनारीका किसान खुसी भएपनि सुख्खाग्रस्त क्षेत्र नरैनापुरका किसानले भने अझै दुई तीन वर्ष कुर्नुपर्ने भएको छ ।

पूर्वी मुल नहर फत्तेपुर र राजकुलो सहित ६ वटा शाखा नहरबाट बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकाको करिब ४२ सय हेक्टर जमिनमा सिँचाइ सुविधा छ । अब राप्ती नदीको अगैयास्थित बाँधदेखि निर्माण भएको करिब ३७ किलोमिटर आसपासका किसानले सिँचाइ नपाएर खेत बाँझे राख्न नपर्ने भएको छ ।

३ अर्ब ७ करोडको लागतमा ३७ दशमलब ७६ किलोमिटर लामो पूर्वी मुल नहर र ६ वटा शाखा नहरको निर्माण २०७४ साउन ९ गते सुरु भएर दुई वर्षमा सक्नुपर्ने सम्झौता भएको थियो । निर्धारित समयभन्दा तीन वर्ष ढिलो गरी निर्माण पूरा भएको हो ।

निर्माण सुरु भएको करिब ५ वर्षपछि सिक्टाको पूर्वी नहर हुँदै खेतबारीसम्म पानी पुग्न थालेको छ । अकासे पानीको भरमा खेती गर्दै आएका किसान उत्साहित छन् ।

आयोजना अन्तर्गत अझै करिब ४८ सय हेक्टरमा सिचाई सुविधा पुर्‍याउन थप १५ किलोमिटर मुल नहर निर्माण गर्न बाँकी छ । नरैनापुरमा मुलनहर निर्माण हुने क्षेत्रमा स्थानीयको अवरोधका कारण थप नहर निर्माणको प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । अहिले उनीहरूसँग स्थानीय र जनप्रतिनिधिसँग समन्वयको काम भइरहेको छ ।

वर्षेनी सुख्खा र खडेरीको मार खेप्दै आएका नरैनापुरलाई राहात दिन छिटो भन्दा छिटो नहर निर्माणको सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *