शैक्षिक सुधारका लागि दाङको गढवा गाउँपालिकाकाे यस्तो वाचा (भिडियो रिपोर्टसहित)

२०७९ चैत १७ गते १६:३४
शैक्षिक सुधारका लागि दाङको गढवा गाउँपालिकाकाे यस्तो वाचा (भिडियो रिपोर्टसहित)

१७ चैत २०७९ दाङ । शैक्षिक सुधार तथा विकासका लागि राज्यका तीनै तहका सरकारले अर्बौँ लगानी गरेका छन् ।

राज्यको लगानी अनुसार शैक्षिक सुधार नभएको भन्दै दाङको गढवा गाउँपालिकाले शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक र सम्बन्धित निकायसँग सुझाव मागेर कार्यान्वयन गर्ने वाचा गरेको छ ।

नेपालको संविधानको अनुसूचि ८ अनुसार माध्यामिक तहसम्मको शिक्षा दिने र विद्यार्थीको मूल्यांकन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । तर, यो अधिकार स्थानीय तहले पनि पूर्ण रुपमा उपभोग गर्न पाएका छैनन् ।

पछिल्लो समय शिक्षामा राज्यको लगानी अनुसार उपलब्धी हासिल हुन सकेको छैन । सामुदायिक विद्यालयमा समस्या छ र गुणस्तरीय शिक्षा पाइँदैन भन्ने आम आरोप छ । तर, समस्याको पहिचान हुन सकेको छैन ।

अघिल्लो शैक्षिक सत्रमा गढवा गाउँपालिकामा रहेका २८ वटा सामुदायिक विद्यालयमा सात हजार पाँच सयभन्दा बढी विद्यार्थी थिए । पाँच सय १५ जनाले एसईई दिएकोमा ३९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भए ।

खराब नतिजा आउनुमा खास समस्या के हो रु शिक्षाविद् शिक्षकलाई दोषि मान्दछन् । अभिभावक, शिक्षक, अभिभावक, विद्यार्थी र सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँछन् । समग्रमा शिक्षा क्षेत्रमा समस्या आउनुमा एकले अर्कोलाई दोषी देखाएर उम्कन खोजिरहेका छन ।

गढवा गाउँपालिकाले शिक्षक, विद्यार्थी, अभिभावकसँगै सरोकारवाला निकायसँग गरेको छलफल सर्‍हानीय छ । तर, यसको प्रतिफल आगामी शैक्षिक सत्रमा देखिन्छ देखिँदैन । त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *