धनकुटाको अनौठो ओडार, कसले राख्यो अस्थिपञ्जर ? (भिडियो रिपोर्टसहित)

२०७९ चैत १५ गते १७:५१
धनकुटाको अनौठो ओडार, कसले राख्यो अस्थिपञ्जर ? (भिडियो रिपोर्टसहित)

१५ चैत २०७९ धनकुटा । धनकुटा नगरपालिकाको वडा नम्बर २ सुन्तलेस्थित सल्लेरी सामुदायिक वनभित्र एक अनौठो ओडार छ ।

ढुंगाको छहरामुनि ढुंगामाटोले पर्खालजस्तो बनाएर मान्छे बस्न मिल्ने ठाउँ छ । तर, त्यो कसले किन बनायो भन्नेबारे कसैलाई थाहा छैन । ओडारभित्र मानव अस्थिपञ्जर छ । मान्छे पूजा गर्छन् तर कसले, किन र कहिले बनायो भन्ने विषय भने रहस्यको गर्भमै छ । धनकुटा सहकर्मी कविराज घिमिरे त्यो अनौठो स्थानमा पुग्नुभएको छ ।

ठूलो जंगलको बीचमा रहेको एउटा पहरामा ओडार छ । जमिनबाट करिब सात मिटर उचाईमा ससाना ढुंगा र माटोले बनेका पर्खाल छ । त्यसको भित्रपट्टी मान्छे बस्न सक्ने ठाउँ बनाइएको छ । त्यहाँसम्म पुग्न सखुवाको खाँबो खुर्किएर एक भर्‌याङ बनाइएको छ, जुन मक्किइसकेको छ ।

वैशाख पूर्णिमाका दिन ओडारबाहिर पञ्चकन्याको पूजा हुन्छ । ओडारभित्र मानव अस्थिपञ्जर छन् ।

केही समय अघिसम्म स्थानीयले अस्तिपञ्जरमा विभिन्न गरगहना भेटेका थिए । तर, अहिले कंकाल मात्र देखिन्छ ।

करिव दुई सय वर्षअघि देखि नै त्यहाँ पूजा हुने गरेको स्थानीय बताउँछन् । तर, पहरामा बनेको अनौठो बासस्थान र भित्र छरिएका मानव अस्थिपञ्जरको रहस्य उजागर हुन सकेको छैन ।

ओडार भन्दा करिव दुई सय मिटरमाथि धनकुटा सुन्तले कृषि सडक छ । तर सडकदेखि ओडार सम्म पुग्न भने कुनै बाटो नै छैन । सुन्तले गाँउबाट साढे चार दशक अघि पञ्चायतकालमै निर्माण गरिएको गोरेटो बाटो मात्रै त्यहाँ पुग्ने विकल्प छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *