पातुखोला कसरी भयो कुलोमा परिणत ? (भिडियो रिपोर्टसहित)

२०७९ चैत १४ गते १४:१८
पातुखोला कसरी भयो कुलोमा परिणत ? (भिडियो रिपोर्टसहित)

१४ चैत २०७९ दाङ । दाङको तुलसीपुरमा रहेको पातुखोला अहिले खोला नभई कुलोमा परिणत भएको छ । तर तुलसीपुर उपमहानगरपालिका– ९ का केही स्थानीयहरुको भने दर्ता जग्गा खोलामा परेको छ ।

उनीहरुले अहिले लालपुर्जामा भएको अनुसार राजश्व बुझाउँदै आएका छन् । तर, जग्गा भने खोलाको बगरमा परिणत भएपछि उनीहरू अन्यायमा परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका ९ पातुखोला पुल नजिकै रामनगर टोलमा बस्ने भरत पुरीको ५ कित्तामा गरी करिब ४ कठ्ठा जग्गा लालपुर्जामा छ । तर अहिले उहाँले करिब २ कठ्ठा जति भोग चलन गर्दै आउनु भएको छ । उहाँको बाँकी २ कठ्ठा जति जग्गा पातुखोलाको बगरमा परिणत भएको छ । उहाँले कर भने ४ कठ्ठाकै तिरिरहनुभएको छ ।

यस्तै सोही ठाउँका गोपाल पुरीको पनि लालपुर्जामा १५ धुर जग्गा छ । तर, अहिले उहाँको जग्गा ७ धुर मात्र बाँकी छ । बाँकीमा खोला बग्छ । उहाँले पनि राज्यलाई कर चाहिँ १५ धुरको कर तिर्दै आउनुभएको छ ।

कुनै समयमा पातुखोला निकै ठुलो थियो । अहिले अतिक्रमणको चपेटाले कुलोमा परिणत भएको छ । जसले गर्दा खोला विपद्को उच्च जोखिममा रहेको र कुनै समय मेलम्ची जस्तै हुने संकेत छ ।

समस्याका बारेमा तत्कालीन मेयर घनश्याम पाण्डे लगायत वडा कार्यालयहरूलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ । पछिल्लो समय वडा नं। ५ मा पर्ने पुलदेखि पूर्वतर्फ विभिन्न बहानामा खोलामा मैदान जस्तो बनाउँदा खोला पश्चिमतर्फ आउने भएकाले बचेको जग्गा बगरमा परिणत हुने सम्भावना छ ।

उपमहानगरपालिकाले वडा नं। ९ का नागरिकहरूले भने जस्तै दर्ता जग्गा खोलाले खाएको हो रु वा होइन भन्ने बारेमा अध्ययन गर्ने बताएको छ । पातुखोला अतिक्रमणले गर्दा विपद्को धेरै जोखिम रहेको भन्दै त्यसलाई तटबन्धन गर्नका लागि प्रदेश सरकारमा बजेटको लागि पहल गरेको उपमहानगरको भनाइ छ ।

स्थानिय तहले खोलामा परिणत भएको जग्गाको बिवरण संकलन गरी संरक्षण गर्न ध्यान दिनुपर्ने सरोकारवालाको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *