प्रचुर सम्भावना भएर पनि ओझेलमा सिन्धुपाल्चोकका पर्यटकीय क्षेत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १३ गते १६:४९
प्रचुर सम्भावना भएर पनि ओझेलमा सिन्धुपाल्चोकका पर्यटकीय क्षेत्र (भिडियो रिपोर्टसहित)

१३ चैत २०७९ सिन्धुपाल्चोक । काठमाडौंबाट ६० किलोमिटरको दुरीमा रहेको सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका धार्मिक पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । तर विकट भूअवस्था र पूर्वाधारको अभावमा यो क्षेत्र छाँयामा परेको छ ।

भूकम्पबाट क्षतिग्रस्त बनेको इन्द्रावतीको श्री फलाटेश्वर शिवमन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी काम भइरहेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ६ स्थित फलाटेश्वर शिवमन्दिर पुननिर्माणको कामलाई तिब्र पारिएको छ । सिन्धुपाल्चोकको चारधामका रुपमा चित्रित कालिकादेवी, खडपेश्वर महादेव, ऐतिहासिक नया पानी र बछलादेवीको बीचमा फलाटेश्वर गोखुरेश्वर शिवालय छ । यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउन खोजिएको हो ।

२०६५ सालबाट गुरुयोजनासहित फलाटेश्वर शिवमन्दिर संरक्षण उपभोक्ता समिति विधिवत दर्तागरी मन्दिर परिषरमा शिवमन्दिर लगायत शिवपाञ्चायन, नवदुर्गा, नव ग्रह, सप्त ऋषि अष्ठ चिरञ्जीवी र अन्य देवी देवताहरुका मठ मन्दिर तयार गरी हालसम्म करिव ६२ प्रतिमा विधिवत प्रतिस्थापन गरिएको छ ।

यहाँका भौतिक संरचना ७२ सालको भुकम्पमा क्षतिग्रस्त भएका थिए । अहिले फलाटेश्वर शिवमन्दिरको बृहत योजनासहित काम भइरहेको छ । हाल यस मन्दिर परिसरमा सत्तल भवन, खुल्ला सत्तल, चौतारी र सिँढी निर्माण भइरहेका छन् । यो काममा जनप्रतिनिधिहरुले पनि सघाइरहेका छन ।

यो स्थानलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना छ । तर सडकसहितका पूर्वाधारको अभावमा यो क्षेत्र छाया पर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *