वर्षाको पानी जम्मा गरेएको ट्याङ्की रित्तिएपछि पाताल डाँडाका स्थानीय समस्यामा (भिडियो रिपोर्टसहित)

२०७९ चैत १२ गते १६:२०
वर्षाको पानी जम्मा गरेएको ट्याङ्की रित्तिएपछि पाताल डाँडाका स्थानीय समस्यामा (भिडियो रिपोर्टसहित)

१२ चैत २०७९ धनकुटा । खानेपानीको चरम समस्या भएको स्थान मध्येको एक हो धनकुटाको सहिदभूमि गाउँपालिकामा रहेको पाताल डाँडा ।

वर्षाको पानी संग्रह गरिएको ट्याङ्की समेत रित्तिएपछि स्थानीय पानी खोज्दै लामो दूरी तय गर्न बाध्य छन् । अहिले पिउनका लागि मात्र होइन घरधन्दा र वस्तुभाउलाई पानी खुवाउन समेत समस्या छ ।

उहाँ सहिदभूमि गाँउपालिका वडा नम्बर–३ पाताल डाँडाकी रोमादेवी राई । पिउन र वस्तुभाउका लागि उहाँलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । नजिकै पानीको श्रोत नभएका कारण एक घण्टा टाढा पुग्नु पर्छ । आफूलाई आवश्यक पानी पूरा गर्नका लागि पाँच पटक ओहोरदोहर गर्नुपर्छ । हिउँद लागेसँगै दैनिकी पानी ओसारेरै वित्छ ।

यो रोमा देवीको मात्र नभएर सहिदभूमिका वडा नम्बर दुई र तीन पाताल डाँडाका करिब १५० परिवारको समस्या हो । त्यसो त यस क्षेत्रमा पानी व्यवस्थापनका लागि पाताल डाँडामा २० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण गरिएको छ । तर दुबै ट्याङ्की अहिले रित्तो छ । मुल सुकेसँगै गाउँमा खानेपानीको हाहाकार छ ।

डाँडामा रहेको यो बस्तीमा पहिले देखिनै समस्या हुँदै आएको छ । यो क्षेत्रमा मात्र नभएर समग्र पालिका भरी नै समस्या छ । व्यवस्थापनका लागि पहल भएपनि सम्बन्धित निकायले वास्ता नगरेको गाउँपालिकाको आरोप छ ।

पानी अभावकै कारण यो क्षेत्रका अधिकांश जग्गाजमिन समेत बाँझा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *