लोकतन्त्रमा बाेल्नेको मुख बन्द गरिदिने ? (भिडियो रिपोर्टसहित)

८ चैत २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मंगलबार बानेश्वरमा नाराबाजी भयो । नाराबाजी गर्ने तीन युवालाई प्रहरीले पक्राउ समेत गर्यो ।
पक्राउ गर्दैगर्दा प्रहरीले युवाको मुखै थुनेर बोल्न नदिएको विषयमा यतिवेला सरकारको आलोचना भएको छ । के लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण विरोध गर्न पाइँदैन ? प्रश्न सोझिएको छ ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएको एक कार्यक्रममा युवाले नाराबाजी भयो । नाराबाजी गरिरहेका युवालाई प्रहरीले पटक पटक मुख थुनेको देखिन्छ ।
संविधानको धारा १७ को २ को ‘क’मा विचार र अभिव्यक्तिको स्वतन्त्रता, र ‘ख’मा विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता नागरिकलाई हुने कुरा उल्लेख छ । तर प्रहरीले एउटा व्यक्तिले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा मुखै थुन्ने चेष्टा गरेको देखिन्छ । यसलाई अधिकारकर्मी र अभियान्ताले कसरी लिएका छन् ?
प्रतिक्रिया