काठमाडौंको नक्सालमा रोयल इनफिल्ड मोटरसाइकलको अत्याधुनिक शोरुम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ५ गते १६:५३
काठमाडौंको नक्सालमा रोयल इनफिल्ड मोटरसाइकलको अत्याधुनिक शोरुम (भिडियो रिपोर्टसहित)

५ चैत २०७९ काठमाडौं । काठमाडौंको नारायणचौर नक्सालमा रोयल इनफिल्ड मोटरसाइकलको अत्याधुनिक शोरुमको उद्घाटन गरिएको छ।

त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तमलाल संघाईले सोरुमको उद्घाटन गर्नुभयो । रोयल इनफिल्ड मोटरसाइकल सोरुम बाइकर्स होमको अवधारणामा निर्माण गरिएको छ ।

आजै कोटेश्वर बालकुमारीमा पनि सोरुमको उद्घाटन गरिएको छ । योसँगै रोयल इन्फिल्ड शोरुमको संख्या ६ पुगेको छ । आउँदो असारसम्म शोरुमको संख्या १८ पुर्‌याउने त्रिवेणी ग्रुपले जनाएको छ ।

रोयल इनफिल्ड विश्वको सबैभन्दा पुरानो मोटरसाइकल कम्पनी हो । जस्ले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन र वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *