बाटो खाली नगराई गएर राष्ट्रपतिले गरे कुमारीको दर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ४ गते १८:०३
बाटो खाली नगराई गएर राष्ट्रपतिले गरे कुमारीको दर्शन (भिडियो रिपोर्टसहित)

४ चैत २०७९ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारगेट नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको छ ।

राष्ट्रपति पौडेलले आज अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नु भएको हो । कारगेटविनानै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नु भयो ।

त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेट विना नै सवार हुनु भयो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उहाँको आलोचना गरिएको थियो । उहाँ गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुुनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *