अझै पनि अन्धकारमै प्युठानको स्याउलीबाङ, समस्यामा विद्यार्थी (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ३० गते १७:५९
अझै पनि अन्धकारमै प्युठानको स्याउलीबाङ, समस्यामा विद्यार्थी (भिडियो रिपोर्टसहित)

३० फागुन २०७९ प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–१, स्याउलिबाङ्गमा अझैपनि केन्द्रीय प्रसारण लाइन विस्तार भएको छैन ।

जिल्लामै ठूलो परियोजनाको बिद्युत उत्पादन हुँदा पनि स्याउलिबाङ्गमा अझै पुगेको छैन । एसईई नजिकिँदा पनि विद्यार्थीले उज्यालोमा पढ्न पाएका छैनन् । मधुरो बत्ती बालेर पढ्न बाध्य छन् ।

प्युठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ्गका यी बालबालिका हरेक साँझ यसरी नै मधुरो बत्तीमुनि भविष्य खोजिरहेका छन् । नखोजुन् पनि किन । यही बत्तीमुनि पढेर एसर्ईई उत्तीर्ण गर्नुछ ।

दिउँसो विद्यालय, साँझ ट्युसन पढेर घर जाँदा रात हुन्छ । बत्ती नभएपछि यही मधुरो बत्तीलाई उज्यालो मान्नुको विकल्प छैन । केन्द्रीय प्रसारण लाइन पुगेको छैन । पुरानो घरेलु लघु जलविद्युत समेत बिग्रिएपछि कक्षा १०मा अध्ययनरत यो गाउँका विद्यार्थीको नियति बनेको छ ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र नेपालको आर्थिक सहयोगमा २०५७ सालदेखि यहाँ लघु जलविद्युतद्वारा बत्ती बाल्न थालियो । ३ वटा माइक्रो हाइड्रोपावरबाट लगभग ९५ प्रतिशत बस्तीमा बत्ती बलेको छ ।

तर, जलविद्युतमा समस्या आएपछि यो अवस्था निम्तिएको छ । भएका जलविद्युतको अवस्था पनि जीर्ण छ । पँधेराकोट खोलाबाट उत्पादन गरिएको १६ किलोवाटको माइक्रो हाइड्रोपावर एक महिनादेखि बिग्रिएकाले समुदायनै अँध्यारोमा बस्नुपरेको छ ।

विद्युत अपरेटर, पँधेराखोला लघु जलविद्युत आयोजना केन्द्रीय लाइन विस्तार गर्न आर्थिक वर्ष २०७७–७८ मा मार्सी कन्ट्रक्सन प्रा।लि।ले १ करोड ६५ लाखमा ठेक्का लिएको थियो । काम सुरु मात्र गरियो सम्पन्न भएन । अहिले ठेकेदार सम्पर्कमा छैन । दोस्रोपटक समेत बजेट विनियोजन गरियो तर काम लथालिङ्ग छ । कतै पोल गाडिएका छन् भने कतै यत्रतत्र फालिएको छ ।

बिजुली बत्ती बल्ने त परको कुरा दोस्रोपटक ठेक्का लिएको ठेकेदार पनि अहिले सम्पर्कमा छैनन् । आर्थिक वर्ष २०७८–०७९ मा विनियोजित भएको बजेट कति र काम कति गर्ने भन्ने समेत थाहा छैन । वडाले पटकपटक पहल गर्दा समेत अटेरी गरि काम समयमै नगरेको सम्बन्धित वडा कार्यालयको समेत गुनासो बढ्न थालेको छ ।

विद्युत सेवा निहुँदा जिल्लाका सरकारी तथा गैरसकारी कार्यालय, वित्तीय संघसस्था, उद्योगी व्यापारीहरु प्रत्यक्षरुपमा सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *