डम्पिङ साइटमा हुने आगलागीका कारण हेटौंडाको वातावरण प्रदुषित (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २९ गते १७:५२
डम्पिङ साइटमा हुने आगलागीका कारण हेटौंडाको वातावरण प्रदुषित (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७९ हेटौंडा । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा शहर यतिबेला प्रदुषित धुँवाको कारण अस्तव्यस्त बन्ने बनेको छ ।

हेटौंडा बजारसँगै जोडिएको फोहर फाल्ने डम्पिङ साइटमा हुने आगलागीका कारण हेटौंडाको वातावरण प्रदुषित भएको छ । फोहर उठाउने जिम्मा लिएको ठेकेदार कम्पनीले जानाजान फोहरको थुप्रोमा आगो लगाएर वातावरण प्रदुषित हुँदा हरित र सफा नगरी हेटौंडाको परिचयमै प्रश्न उठेको छ ।

हेटौंडाको राप्ती किनारमा रहेको अव्यवस्थित डम्पिङ साईटमा पटकपटक आगलागी हुँदा हेटौंँडा बजार सहित आसपासका वस्ती समेत प्रभावित भएका छन् ।

प्रत्येक हप्ता जसो यो डम्पिङ साईटमा आगो लगाइन्छ । फोहर व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीले नै फोहरको थुप्रो बढेपछि आफैले आगो लगाउने गरेको स्थानीयको आरोप छ । डम्पिङसाईटमा लागेको आगोबाट निस्केको विषाक्त धुँवाले वातावरण नै प्रदुषित बनाएको छ ।

जथाभावी फालिएको प्लास्टिक जन्य फोहरको थुप्रोमै आगोलागी हुँदा धुँवाको मुस्लोले उपमहानगरपालिका–१, १०, ११ र १२ का केही बस्ती प्रभावित हुने गरेका छन् ।

धुँवाको कारण स्कूले बालबालिका, बिरामी वृद्धवृद्धालाई सबैभन्दा बढी असर परेको छ । यसबारे उपमहानगरपालिकालाई बारम्बार जानकारी गराएपनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

डम्पिङ साईट नजिक धार्मिक तथा पर्यटकीय स्थल कुष्माण्ड सरोवर पनि छ । राप्ती किनारमा अनाधिकृत फोहर विसर्जन गरेका कारण खोलामा रहेका माछा मरिरहेका छन् भने, पानी प्रदुषित हुँदा पशुचौपाया समेत रोगले थलिनथालेका छन् ।

डम्पिङ साईटसँगै कृषि वन विश्वविद्यालय पनि छ । विश्व विद्यालय हाताभित्र सयौंको संख्यानमा मृग चित्तल छन् । हेटौंडाको फोहर व्यवस्थापन गरिदै आएको डम्पिङ साइट भरिँदो छ । हालसंकलन गर्दै आएको फोहर दिनहुँ एस्काभेटर लगाएर पुर्ने काम मात्रै भएको छ, विकल्प खोजिएको छैन ।

२०७१ सालमा देशको सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत भएको हेटौँडा अहिले फोहर व्यवस्थापन निकै जटिल बन्दा प्रदेशको राजधानीकै साख गिर्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *