जीतपुरसिमरा उपमहानगरपालिकाले वडामा निःशुल्क स्वास्थ्य शिविर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २७ गते १८:१३
जीतपुरसिमरा उपमहानगरपालिकाले वडामा निःशुल्क स्वास्थ्य शिविर (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७९ बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।

आर्थिक वर्ष २०७९-८० को बजेटबाट वडा न ३ बजनिले शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको हो ।

वडाभित्र रहेका वृद्धवृद्धा, गरिब, असहाय परिवारले रोगको जाँच गराउनबाट वञ्चित भइरहेको बेला स्वास्थ्य शिविरको आयोजना गरेपछि उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्वास्थ्य शिविरमा चिकित्सकले लेखेको औषधि निशुल्क रुपमा प्रदान गरिने छ । त्यस्तै हरेक महिनाको २ दिन वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।

यस्तै, शारीरिक रूपमा अशक्त भएकाका लागि घरमै चिकित्सक पठाएर जाँच गराउने व्यवस्था मिलाउने उपमहानगरको योजना छ ।

निःशुल्क स्वास्थ्य शिविरमा नाका, कान, घाँटी, आँखा, मधुमेह जस्ता रोगको उपचार र औषधि वितरण गरिने उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *