Main News
एमाले सचिवालय बैठक बस्दै
२०७९ फागुन २७ गते ७:४९

२७ फागुन २०७९ काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दैछ ।
आज बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ ।
आज नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया