दश वर्ष बितिसक्दा पनि किन बन्न सकेन जनजाति पार्क (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २३ गते १६:५८
दश वर्ष बितिसक्दा पनि किन बन्न सकेन जनजाति पार्क (भिडियो रिपोर्टसहित)

२३ फागुन २०७९ धनकुटा । साँस्कृतिक पर्यटन प्रवद्र्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधिन जनजाति पार्क पर्याप्त बजेट अभावमा काम पूरा हुन ढिलाई भएको छ । निर्माण शुरु भएको १० वर्ष बित्दा समेत निर्मानाधिन पार्क अलपत्र बनेको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माणाधिन यस पार्कमा अहिलेसम्म प्रदेश सरकारको १ करोड ४४ लाख खर्च भएको छ ।

२०६८ सालमा स्थानीय गाबिस तथा स्थानीय नगरस्तरीय जनजाति महासंघको समन्वयमा निर्माण सुरु भएको थियो । तर, आर्थिक वर्ष २०७५–०७६ बाट भने स्थानीय पालिका तथा प्रदेश सरकारले लगानी सुरु गरे ।

स्थानीय पालिका तथा प्रदेश सरकारले काम शुरु गरेको भएपनि चार वर्षदेखि बन्न सकेको छैन । पार्कमा एक सभा हल र विभिन्न जातिको पहिचानको प्रतिमा राख्नका लागि विभिन्न स्तम्भ बनाइएको छ ।

ग्रामीण जनता मा।वि।को ६ रोपनी जमिनमा पालिका र विद्यालयले यसबाट आउने आमदानीमा साझेदारी गर्नेगरी पार्क बनाउन थालिएको थियो । यस क्षेत्रको बृहत विकास गर्न पार्कका लागि ३ करोड ७७ लाख ८७ हजार सहित अन्य बौद्ध गुम्बा, अतिथि गृह र शौचालय गरी ८ करोडको डिपिआर छ ।

पार्क बनाउन गरिएको खर्च
आर्थिक वर्ष २०७५–७६ – ७८ लाख ८६ हजार
आर्थिक वर्ष २०७७–०७८ – ६५ लाख ३० हजार
आर्थिक वर्ष २०७८–७९ – ७५ लाख (खर्च नभएको)
चालु आर्थिक वर्ष २०७९–८० – १५ लाख

कुल २ करोड ३४ लाख १६ हजार रकम छुट्याएको भएपनि स्थानीय सरकारले भने बजेट पर्याप्त नआएकाले पार्क बनाउन नसकेको बताउँदै आएको छ ।

पूर्वकै प्रमुख पर्यटकीय नगरी भेडेटारको दुई किलोमिटर दक्षिण–पूर्वमा रहेको नाम्जे गाउँ मगर संस्कृति र घरबास (होमस्टे)ले परिचित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *