सुर्खेतमा वातावरणमैत्री होली यसरी मनाइयाे (भिडियो रिपोर्टसहित)
२२ फागुन २०७९ सुर्खेत । रंगहरुको पर्व होलि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा विषेश रुपमा मनाइएको छ । एकआपसमा रंग र पानी छ्यापेर आत्मीयता दर्शाउँदै मनाइन्छ । सुर्खेतमा भने वातावरणमैत्री होलि मनाइएको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । आज देशभर एक आपसमा रंग खेलेर होली मनाइँदै छ । तर, सुर्खेतमा भने बृहत हरियाली होली पर्व मनाइएको छ ।
पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण मासिदै गएको हरियाली फर्काउने उद्देश्यले आज होलीको दिनमा वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्मको मुख्य सडक क्षेत्रको बिचमा रोपिएका विभिन्न प्रजातिका विरुवाहरुको गोडमेल गरिएको छ ।
यस कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता थियो।
पछिल्लो समय रत्न राजमार्गको वीरेन्द्रनगर खण्डमा सडकको बीचमा रोपिएका विभिन्न प्रजातिका बिरुवाहरू संरक्षणको अभावमा सुक्न थालेका छन्।
प्रतिक्रिया