जग्गा रोक्का हुँदा राप्ती उपत्यकाबासीलाई यस्तो समस्या (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १९ गते १६:४४
जग्गा रोक्का हुँदा राप्ती उपत्यकाबासीलाई यस्तो समस्या (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७९ दाङ । लुम्बिनी प्रदेशको राजधानी आफ्नो ठाउँमा सर्ने घोषणा हुँदा दाङको राप्ती उपत्यकाका स्थानीय निकै खुसी भएका थिए । आफ्नो ठाउँमा विकासको लहर आउने भयो र आयआर्जनका बाटाहरु पनि प्रशस्तै खुल्ने भयो भनेर उत्साहित राप्ती उपत्यकाबासी अहिले समस्यामा छन् ।

-जग्गा रोक्का हुँदा व्यावसाय शुरू गर्न पनि ऋण पाउन सकिएन ।

-अंशबण्डा गर्न पनि रोक लगाइयो । (सानो व्यावसाय सुरु गरेको थिए । अहिले कर्जा तिर्न पनि सकिएको छैन । जग्गा फुकुवा भएको भए धितो राखेर ऋण लिएर व्यावसाय अगाडि बढाउने थिएँ ।

तीन वर्षअघि दाङको राप्ती उपत्यकामा राजधानी सार्ने कुरा सुनेर हर्षित भएका स्थानीय बासिन्दामा अहिले उत्साह छैन । बरु राजधानीका कारण आर्थिक समस्या भोग्नु परेको उनीहरुको गुनासो छ ।

२०७७ साल असोज २० गते प्रदेश सभाले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी घोषणा गरेको थियो । त्यो घोषणासँगै मन्त्रिपरिषद्को बैठकले राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीको जग्गा रोक्का गर्ने समेत निर्णय गर्‍यो ।

जग्गा रोक्का भएको तीन वर्ष पुग्नै लाग्दा पनि फुकुवा हुने संकेत छैन । जग्गा रोक्का कै कारण अंशबन्डा, किनबेच र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनसमेत नपाउँदा स्थानीय बासिन्दा समस्यामा परेका छन ।

जग्गा रोक्का हुँदा निर्माण कार्य बन्द जस्तै छ । उद्योगी, व्यवसायी पनि संकटमा छन् ।

सरकारले नागरिकको यो समस्या अझै केही समय खप्न पर्ने जनाएको छ । जुन उद्देश्यका साथ जग्गा रोक्का गरिएको हो, त्यो पूरा भएपछि मात्र खुल्ला हुने मुख्यमन्त्रीको भनाइ छ ।

लामो समयसम्म राजधानी सार्ने नाममा जग्गा रोक्का हुँदा नागरिक समस्यामा छन् । तर, प्रदेश सरकारलको काम भने सुस्त छ । देश नै आर्थिक संकटसँग जुधिरहेका बेला नागरिकको अवस्थाका बारेमा सरकार चनाखो हुनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *