स्थानीयले लगाए वडा कार्यालयमा ताला (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १६ गते १६:१०
स्थानीयले लगाए वडा कार्यालयमा ताला (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७९ रुपन्देही । सडक निर्माणको काम अलपत्र पारेको भन्दै बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ को वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन् ।

रंगशालादेखि एमाले चोकसम्मको करिव डेढ किलोमिटर सडक करिव ४ वर्ष पहिला निर्माण सुरु भएपनि अहिले सम्म पुरा हुन नसेपछि आक्रोशित स्थानीयले आज वडा कार्यालयमा तालाबन्दी गरेका हुन् स्थानीय सरकार र सडक डिभिजन कार्यालयबीच तालमेल विना निर्माण सुरु भएको सडकमा खाल्डाखुल्डी, ढल र प्रदुषणले स्थानीय, बटुवा, विद्यार्थी, सवारी चालकले सास्ती खेप्दै आएका छन् ।

सडक निर्माण सुरु भएको ४ वर्षसम्म पुरा हुन नसकेपछि सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनवाई नभएपछि तालाबन्दी गरेको स्थानीयको भनाइ छ ।

उप महानगरपालिकाकाले भने एमाले चोकदेखि नगरको सीमानासम्मको सडक ७ करोडको ठेक्का सडक डिभिजनले लगाएको र काम अलपत्र पारेको आरोप लगाएको छ ।

सडक निर्माणको लागि भन्दै उपमहानगरसँग ७ करोडको समपुरक बजेट भएपनि सडक डिभिजनले ठेक्का नतोड्दा सडक निर्माणको काम सुरु गर्न नसकिएको उपमहानगरको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *