सडक निर्माणमा ठेकेदारको यस्तो लापरबाही, स्थानीयले लगाए यस्तो आरोप (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १६ गते १४:१३
सडक निर्माणमा ठेकेदारको यस्तो लापरबाही, स्थानीयले लगाए यस्तो आरोप (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७९ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधिन सडकमा ठेकेदारले लापरवाही गरेको पाइएको छ ।

ठेकेदार कम्पनीले ठेक्का सम्झौता अनुसार काम नगरेको स्थानीयको आरोप छ । सरकारी निकायबीच समन्वयको अभाव पनि देखिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकालाई सफा, सुन्दर र व्यवस्थित बनाउनका एसियाली विकास बैंकबाट झण्डै एक अर्व ऋण लिइयो ।

पहिलो चरणमा १४ किलोमिटर सडक, २२ किलोमिटर नाला र २८ किलोमिटर फुटपाथ निर्माणका लागि जेड आईईसी लामा जेभिले ठेक्का पायो । जुन काम गत असारमा सकिनुपर्नेथियो । विभिन्न कारण देखाएर ठेकेदारले ६ महिनाको थपायो । थपिएको म्याद गुज्रिँदा पनि काम सम्पन्न हुन सकेन ।

सहजीकरणको जिम्मा पाएको भीमदत्त नगरपालिकाले फोहोर व्यवस्थापनका लागि त जग्गा नै दिलाउन सकेको छैन । सडक निर्माणका लागि पनि नगरपालिकाले अनधिकृत टहरा भत्काउने निर्णयसम्म गर्न सकेन ।

स्थानीय निकाय कमजोर भएको मौका छोपेर ठेकेदारले मनोमानी काम गर्ने थाले । यतिसम्मकी बजारको गल्ली नम्बर चारमा निर्माण भइरहेको ढलमा ठेकेदारले फलामे छड नै राखेन ।

स्थानीयको विरोधपछि निर्माण कम्पनीका तर्फबाट माफी माग्दै आगामी दिनमा गल्ती नगर्ने प्रतिबद्धतासमेत जनाएका छन् । तर, यति ठूलो परियोजनामा सरोकारवाला निकायले अनुगमन नगर्नु दुखद् भएको स्थानीयको भनाइ छ । यसरी काम सम्पन्न भइसकेपपछि सडक भत्काउँदा गुण्स्तरमा ह्रास आउने हुँदा स्थानीयहरु समेत चिन्तित भएका छन् ।

तर, नगरपालिका भने आफ्नोतर्फबाट पटक पटक अनुगमन भएको दाबी गर्छ ।

सडक कालो पत्रे भइसकेको ठाँउमा विद्युत तथा टेलिफोनका पोलहरु हटाइएका छैनन् । नालाको विचमा समेत पोलहरु गडिएका छन् । सडक निर्माण सम्पन्न भएपछि यि पोलहरु अन्यत्र सार्दा सडक भत्काउनु पर्ने हुन्छ । जसले एकतिर गुणस्तरमा कमी आउँछ भने अर्कोतर्फ थप बजेट सकिन्छ । यसले कमिसनको खेलमा लागेका निकायका हाकिमलाई त केही फाइदा होला । तर, जनतालाई भने सँधैको सास्ती हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *