बाराकाे अम्लेखगञ्जबासीका पानीको दुःख जस्ताका तस्तै (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १५ गते १७:४७
बाराकाे अम्लेखगञ्जबासीका पानीको दुःख जस्ताका तस्तै (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ बारा । व्यवस्था फेरियो, नेता फेरिए, घरघरमा सिंहदरबारको नारा लगाउदै हरेक स्थानीय तहमा जनप्रतिनिधि पनि फेरिए । तर बाराको अम्लेखगञ्जबासीका समस्या जस्ताका तस्तै छन् । खोलाको दुषित पानी पिउने दिन कहिल्यै फेरिएन ।

तराई क्षेत्रको पुरानो बस्तीका रुपमा रहेको बाराको साविक अम्लेखगञ्ज गा।वि।स अहिले जीतपुरसिमरा उपमहानगरपालिका भइसकेको छ । उत्तरी चुरे क्षेत्रका गाँउमा बाटोघाटो, यातायत लगायतको सुविधा पुगेपनि खानेपानीको सुविधा नहुँदा यस क्षेत्रका स्थानीय अझै पनि खोलाकै दुषित पानी पिउन बाध्य छन् ।

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका उपमहानगरपालिका वडा २१ र २२ का स्थानीय गाँउमा पानीको सहज पहुँच नपुग्दा वर्षौदेखि खोलाको दुषित पानी पिउन बाध्य भएका हुन् । खोला र मुहानको पानी सिधै पिउँदा उपमहानगरवासी बिरामी भएका छन् ।

अहिले जनप्रतिनिधि अम्लेखगञ्ज बस्तीमा सफा र स्वच्छ खानेपानी पुर्याउने कोशिस गरिरहेका छन् । तर, सार्थक काम हुन सकेको छैन । स्थायी निकास दिने गरी विभिन्न निकायसँग छलफल भइरहेको जनप्रतिनिधिको भनाइ छ ।

पानी सङ्कलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं। मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो । पानी रिचार्ज गरी तराईका फाँटलाई हराभरा, उर्वरयुक्त गर्ने भनिए पनि चुरे पहाडकै काखमा रहेको यस बस्तीमा खानेपानीको समस्या छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *