तानसेनमा आयोजित शिविरबाट ३५१ जना लाभान्वित (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १३ गते १८:११
तानसेनमा आयोजित शिविरबाट ३५१ जना लाभान्वित (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७९ पाल्पा । गाउँगाउँमा अहिले पनि स्वास्थ्य संस्था र भरपर्दो चिकित्सक नहुँदा नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगेको छैन । उपचारकै लागि शहरी क्षेत्रमा पुग्नुपर्ने बाध्यता छ ।

त्यसैलाई ध्यानमा राख्दै गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिन्छ । एकै पटक धेरै नागरिकले स्वास्थ्य सेवा र रोगको पहिचान गर्न सजिलो हुने हुँदा यसको प्रभावकारिता पनि उत्तिकै छ । पाल्पाको तानसेन नगरपालिकामा आयोजना गरिएको शिविरबाट ३ सय ५१ जना लाभान्वित भएका छन् भने सेवा पाउँदा नागरिक दंग पनि छन् ।

लामो लाइन अनि मन भित्र पलाएका आशा, बिरामी शरीर र रोग छ कि भनेर शंका लागि जचाउन आएका ब्यक्तिको भिड । गाउँगाउँमा सञ्चालन हुने शिबिरमा यो भिड देख्न सकिन्छ । पाल्पाको तानसेन नगरपालिका– ९ दमकडाकी ७५ वर्षीया नन्दीकला बस्याल नजिकैको विद्यालयमा सञ्चालन भएको शिविरमा जाँच गराउन पाउँदा दङ्ग हुनुहुन्छ ।

दमकडामा २ दिने निःशुल्क शिविर सञ्चालन हुँदा बस्याल जस्तै अन्य सेवाग्राही समेत सेवा लिन पाउँदा लाइन र पालो कुर्दै गरेको समयलाई बेवास्ता गर्नुभएको छ । शरीरमा समस्या भएपनि शिविरले एकैछिन भएपनि समस्या भुलाइदिएको सेवाग्राहीको भनाइ छ ।

पाल्पाको विभिन्न पालिकाका फरकफरक क्षेत्रमा समयसमयमा स्वास्थ शिविर सञ्चालन हुँदै आएको छ । शिविर सञ्चालन गर्दा भनेको समयमा चिकित्सक नआउने गर्दा टिकट काटेर लामो समयसम्म लाइन मा बस्नुपर्ने बाध्यता भने सेवाग्रहीले भोग्ने गर्दछन् । शिविर सञ्चालन गरेपनि समय व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।

टाढा जानुपर्ने बाध्यता र समस्यालाई गाउँगाउँमा आउने शिबिरले राहत मिलेको छ । तर, समय व्यवस्थापनमा ध्यान दिएमा बढी भन्दा बढी सेवाग्राहीले सेवा प्राप्त गर्ने थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *