बाँकेमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १० गते १८:०५
बाँकेमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु (भिडियो रिपोर्टसहित)

१० फागुन २०७९ बाँके । डिभिजन वन कार्यालय बाँकेले अबैध रुपमा वन क्षेत्र अतिक्रमण गरी बनाएका टहरा हटाउन सुरु गरेको छ ।

सामूदायिक वन उपभोक्ता समूह र प्रहरीको वन कार्यालयले राप्ती सोनारी गाउँपालिका वडा नं ७ स्थित मन्डफवा सामुदायिक वनको करिब १० हेक्टर वन क्षेत्र अतिक्रमण गरि बनाइएका ५५ वटा घर टहरा हटाएको हो ।

जग्गा पाइने लोभमा घर जग्गा भएका व्यक्तिले नै वन क्षेत्र अतिक्रमण गरेर टहरा बनाएको भन्दै सामुदायिक वनका उपभोक्ताले वन क्षेत्रमा तारबार गरेका छन् । बाँके जिल्लामा करिब ६ सय ५० हेक्टर वन क्षेत्र अतिक्रमण गरी करिब ४ हजार घर टहरा बनाएर बस्दै आएका छन् ।

सरकारले वनले ढाकेको क्षेत्रफल ४० प्रतिशत कायम राख्ने प्रतिबद्धता जनाउँदै आए पनि सुकुम्बासी, बाढी प्रभावित, मुक्त कमैया लगायत विभिन्न नाम र समूहबाट वन अतिक्रमण गर्ने क्रम भने कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *