जताततै टावरे विकास, बजेटको सत्यानाश (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ९ गते १६:५९
जताततै  टावरे विकास, बजेटको सत्यानाश (भिडियो रिपोर्टसहित)

९ फागुन २०७९ कैलाली । जनप्रतिनिधिले उत्पादक भन्दा पनि अनुत्पादक क्षेत्रमा बढी लगानी गर्छन् भन्ने उदाहरण कैलालीमा बनेको घण्टाघरले पुष्टि गर्छ। नगरको सौन्दर्यका लागि भन्दै बनाइएको घण्टाघरका लागि करिव तीन करोड खर्च भइसक्यो । तर न घडी चल्छ न घण्टाघर देखेर नागरिकनै खुसी छन् ।

यो कैलालीको टीकापुर नगरपालिकामा बनेको घण्टा घर हो । जहाँ चारवटा घडी लगाइएका छन् । आठ लाख खर्चेर किनिएका चारवटा घडीले दिनमा दुई पटकमात्र ठीक समय देखाउँछन्, अर्थात घडी बन्द छन् । घडी ठड्याउने टावर बनाउनका लागि करिब तीन करोड खर्च भयो । तर, निर्माण भएको दुई वर्षसम्म यो टावर प्रयोगविहीन छ ।

ठेकेदार कम्पनीले नगरपालिकालाई हस्तान्तरण नगर्दै घण्टा घरका घडी नै बन्द भएका छन् । एक सय मिटर टाढाबाट समेत घण्टाघरको सुई देखिँदैन । घण्टा घर भित्र रेस्टुरेन्ट चलाउन भनी राखिएका संरचनामा ताला लगाइएको छ। नागरिकको समस्या भुलेर घण्टाघरमा बजेट खन्याएकोप्रति नागरिक असन्तुष्ट छन् ।

सहरी विकास तथा भवन कार्यालयले नगरपालिकालाई हस्तान्तरण गरेको बताएपनि नगरपालिकाले भने घण्टाघर आफ्नो स्वामित्वमा नआएको दाबी गर्छ ।

देश संघीय संरचनामा गएपछि आफ्नो जीवनस्तर उकासिने र देश विकास हुने अपेक्षा नागरिकको थियो । तर, तिनै तहका सरकार र जनप्रतिनिधि अनुत्पादक क्षेत्रमा लगानी गर्दै कमिसनको खेलमा लागेको नागरिकको बुझाई छ ।

मानिसले आफ्नो नाडीमा घडी बान्न छोडिसकेको अवस्थामा घण्टाघर बनाउनु भन्दा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतमा लगानी गरेको भए नागरिक खुसी हुने थिए कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *