बाँदर आतंकले धनकुटावासी हैरान, बसाइसराइँ गर्नुपर्ने बाध्यता (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ८ गते १७:०२
बाँदर आतंकले धनकुटावासी हैरान, बसाइसराइँ गर्नुपर्ने बाध्यता (भिडियो रिपोर्टसहित)

८ फागुन २०७९ धनकुटा । तीन दशक अघिसम्म उच्च पहाडी क्षेत्रका किसानका लागि बाँदर परिचित नाम थिएन । अहिले उनीहरूको समय बाँदर धपाउनमै बित्ने गरेको छ ।

मध्य पहाडी तथा उच्च पहाडी क्षेत्रका किसानलाई गलपासो जस्तै भएको छ, बाँदर । बालीनाली नै जोगाउन मुस्किल भएपछि धनकुटावासी थातथालो नै छाडेर अन्यत्र वसाई सर्न बाध्य भएका छन् ।

जङ्गलमा बस्ने बाँदर पछिल्लो समय गाउँघर वरिपरिका रूख, पराल तथा खरका थुप्रामा बस्न थालेपछि धनकुटाका किसानलाई बालीनाली जोगाउनै कठिन भएको छ । किसानले बाँदर धपाउन अनेक कोशिस नगरेका होइनन् ।

तर, सामान्य किसिमले बाँदर नभाग्ने र मार्दा वन्यजन्तू मारेकोमा जेल जानुपर्ने डरका कारण पनि किसान हैरानी खेप्न बाध्य छन् । कति किसान त थातथलो छोडेर अन्यत्र गइसके । गाउँ पातलिन थालेपछि अहिले बाँदर, मृग जस्ता जंगली जनावरको आतंक बढ्दो छ ।

धनकुटा नगरपालिकाले २०७५ सालमा बाँदर समातेर सर्लाहीको जंगलमा छोड्ने नगरेको होइन । तर, यसले छोडिएको ठाउँमा दुःख दिएपछि जुन ठाउँबाट समातेर ल्याइएको हो, त्यही ठाउँमा पुर्‍याउन थालियो ।

खासगरी जंगलसँगै जोडिएका बस्तीमा वन्यजन्तुले वर्षेनी सताउँदै आएको छ । खेती लगाएको बाली नष्ट भएपछि जिउने आधार नहँुदा किसान मारमा परेका छन् । स्थानीय सरकारसँग समाधानका लागि आग्रह गरेपनि जनप्रतिनिधि पनि यो विषय मुकदर्शक मात्रै बन्न सकेका छन् ।

दिनभर बाँदर, रातमा मृग, कालिज र बँदेलका कारण किसान न दिन न त रातमै चैनमा बस्न सक्छन् । अहिले जनावर धपाउन रातभर गस्ती गर्नुको विकल्प किसानसँग छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *