लुम्बिनी प्रदेश सरकार विस्तार

२०७९ फागुन ८ गते १४:५५
लुम्बिनी प्रदेश सरकार विस्तार

८ फागुन २०७९ लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त हुनुभएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो । उहाँलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ।

उहाँलाई आज मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभयो । एक साताअघि नेकपा (एमाले)का तर्फबाट कृषिमन्त्री बन्नुभएका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।

त्यस्तै मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोक्नुभएका मन्त्री कृष्णा केसीले अहिलेसम्म पदबहाली गर्नुभएको छैन । उहाँको पदबहाली नभएसम्म आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *