रहेनन् पूर्वमन्त्री श्रेष्ठ
२०७९ फागुन ८ गते ११:१५

८ फागुन २०७९ काठमाडौं । नागरिक अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा। मथुराप्रसाद श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको ८८ वर्षको उमेरमा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहनु भएका श्रेष्ठलाई लामो समयदेखि दम र छातीको संक्रमण थियो ।
वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनु भएको थियो ।
विक्रम संवत् २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए बन्नु भएको थियो। उहाँका ६ छोरा र एक छोरी छन् ।
प्रतिक्रिया