पोखराका मुख्य बजार क्षेत्रमा सडक पार्किङ निषेध (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ३ गते १८:१७
पोखराका मुख्य बजार क्षेत्रमा सडक पार्किङ निषेध (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ कास्की । ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन पोखरा महानगरपालिकाले सडकमा हुने सवारी पार्किङ हटाउन थालेको छ ।

महानगरपालिकाले यसअघि लगाइएको ठेक्का तोडेर महानगरपालिकाले पहिलो चरणमा मुख्य बजार क्षेत्रमा सडक पार्किङ निषेध गरेको हो । तर विकल्प नदिइकन एक्कासी पार्किङ निषेध गरिएको भन्दै व्यवसायी विरोधमा उत्रिएका छन् ।

सडकमै हुने पार्किङका कारण मुख्य बजारमा यातायात आवागमनमा समस्या हुन थालेपछि पोखरा महानगरले सडकछेउका पार्किङ हटाउन थालेको छ । अव्यवत पार्किङका कारण एकतिर सहर अस्तव्यस्त देखिन थालेको थियो भने अर्कोतिर दुर्घटनाको जोखिम पनि बढेको छ ।

महानगरले चरणबद्ध रुपमा पार्किङ व्यवस्थापन गर्ने योजना बनाएको छ । पहिलो चरणमा महानगरको मुख्य बजार महेन्द्रपुल, नयाँजबार, पृथ्वीचोक, सभागृह, न्यूरोड र चिप्लेढुङगामा सडक पार्किङ गर्ने योजना छ । त्यहाँ २७ वटा स्थान पार्किङका लागि छनोट गरिएको छ ।

महानगर क्षेत्रमा बनेका भवनका बेसमेन्टलाई पार्किङका लागि उपयोग गर्ने योजना बनाएर खाली गरिएको छ । सडकको दायाँबायाँ रहेका खाली जग्गासमेत सम्बन्धित जग्गाधनीसँगको समन्वय तथा सहकार्यमा शुल्क लिने गरी पार्किङकै लागि उपयोगमा ल्याइएको छ ।

व्यावसायी भने महानगरको यो अभियानका कारण आफ्नो व्यावसाय डुब्ने हो कि भनेर त्रशीत छन् । पार्किङ गर्न नपाए आफ्ना ग्राहक अन्यत्र जाने हो कि भन्ने चिन्ता छ ।

पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । पार्किङका लागि व्यवस्थापन गरेका स्थानमा पाँच सयभन्दा बढी साना सवारीहरू र चार सयभन्दा बढी मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिने स्थान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *