सहकारीले बनायो बस्तीलाई अन्धकार (भिडियो रिपोर्टसहित)

२०७९ माघ २१ गते २०:४४
सहकारीले बनायो बस्तीलाई अन्धकार (भिडियो रिपोर्टसहित)

२१ माघ २०७९ सर्लाही । सर्लाहीको बरहथवामा ग्रामीण सहकारीको नाममा लापर्वाही भएको पाइएकोछ ।

गाउँमा रहेको विशेश्वेर सामुदायिक ग्रामिण बिद्युत सहकारी संस्थाले उपभोक्तासँग असुल गरेको महसुल प्राधिकरणमा नबुझाएपछि दुई महिनादेखि गाउँनै विद्युत विहीन भएको छ । ग्रामीण विकासको नाममा उपभोक्ताको रकम सहकारीका पदाधिकारीले अपचलन गरेको स्थानीयको आरोप छ ।

यो सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ११, हिरापुरस्थित लौकठ हो । यो गाउँमा १७ वर्षदेखि ग्रामिण बिद्युत सहकारी मार्फत बिद्युत संचालन हुँदै आएको थियो । तर, सहकारीले बिद्युत महसुल नबुझाएको भन्दै प्राधिकरणले गत मंसिर २७ गते लाइन काटिदिएको छ ।

झण्डै ५ सय उपभोक्ताले बिद्युतको महसुल नियमित सहकारीमा बुझाएको दावी गरेका छन् । तर पटक–पटक ताकेता गर्दा पनि महशुल भुक्तानी नभएको बिद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रले जनाएको छ । गत मंसिरसम्मको २३ लाख बक्यौता रहेको र सम्बन्धित निकाय खोजी गर्दा समेत फेला नपरेपछि बिद्युत लाईन काटिएको प्राधिकरणको भनाइ छ।

सहकारीले नियमित बिद्युत महसुल नतिरेको र बिद्युत काटिएको विषयमा बुझ्दा सहकारीले लापर्वाही गरेको पाइएको नगरपालिकाले जनाएको छ । बर्षौदेखी संचालन भएको संस्थाको कुनै कागजात र हिसाव किताव समेत समिति र पदाधिकारीले उपलब्ध नगराएको वडा नम्बर ११ का अध्यक्ष नवराज राईले जानकारी दिनुभयो ।

उपभोक्ताले नियमित बिद्युत महसुल नबुझाएका कारण संस्था निरन्तर घाटामा गएको संस्थाका पदाधिकारीको दावी छ ।

आफुहरुले नियमित महसुल बुझाएको दावी गरेका स्थानीयले लाईन काटिदा अन्याए भएको भन्दै कानुनी अनुसन्धान हुनुपर्ने माग गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *