विद्यालय भवन निर्माणमा लापरबाही गरेको भन्दै स्थानीय विरोधमा (भिडियो रिपोर्टसहित)

२०७९ माघ १८ गते २१:४०
विद्यालय भवन निर्माणमा लापरबाही गरेको भन्दै स्थानीय विरोधमा (भिडियो रिपोर्टसहित)

१८ माघ २०७९ सिन्धुली । विद्यालयको भवन निर्माणमा लापरवाही गरेको भन्दै सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर एघारका स्थानीय विरोधमा उत्रिएका छन् । भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेर विद्यार्थीको ज्यानसँग खेलवाड गरेको उनीहरुको आरोप छ ।

सिन्धुलीको दुधौली नगरपालिका ११ मा निर्माणाधिन कमला माध्यामिक विद्यालयको पक्की भवन निर्माणमा ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको र मापदण्डविपरित काम गरेको भन्दै स्थानीय आक्रोशित छन् ।

२०७८ कात्तिकमा चीनियाँ निर्माण कम्पनी टि।डि।आई। र आशिष कन्ट्रक्सनले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको भए पनि माउण्ट पुमरी कन्ट्रक्सनले निर्माण गरिरहेको छ ।

कुल सात करोड ५५ लाखमा निर्माणको ठेक्का पाएको कम्पनी फागुनमा काम सक्नुपर्ने म्याद रहेपनि अहिलेसम्म ४० प्रतिशतमात्र काम पूरा भएको छ । लापरवाही भएकोमा ठेकेदारदेखि निर्माणको जिम्मा दिएको नगरपालिकालाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ ।

स्थानीयले विरोध गरेपछि दुधौली नगरपालिकाले अनुगमन गरेको छ । अनुगमनका क्रममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको पाइएको नगरपालिकाले पनि स्वीकार गरेको छ ।

विद्यालयको भवन एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *