के टरीगाउँ विमानस्थलमा सीता एयरले नियमित उडान भर्ला?(भिडियो रिपोर्टसहित)

२०७९ माघ १४ गते १७:३२
के टरीगाउँ विमानस्थलमा सीता एयरले नियमित उडान भर्ला?(भिडियो रिपोर्टसहित)

१४ माघ २०७९ दाङ । बेला–बेलामा चर्चामा आउँदै सेलाउँदै गरेको दाङको अत्यावश्यकीय तर कहिले प्राथमिकतामा नपरेको क्षेत्र हो– टरिगाउँ विमानस्थल ।

अहिले फेरि यो विमानस्थल चर्चामा छ । शुक्रबार सिता एयरले परीक्षण उडान भरेसँगै विमानस्थल सञ्चालनमा आउने अपेक्षासहित दंगेली हर्षित भएका छन् ।

तुलसीपुरमा रहेको विमानस्थलको स्तरोन्नति र नियमित उडानको लागि तुलसीपुर उद्योग वाणिज्य संघले लामो समयदेखि निरन्तर रूपमा लागि परेको छ । तुलसीपुर उपमहानगरले पनि यात्रुहरू खोज्ने काम गर्ने र दाङ आउँदा बाहिरको भूमिबाट आउनु पर्ने बाध्यता अन्त्य गर्नको लागि सहयोग गर्ने जनाएको छ ।

काठमाडौँदेखि दाङ आउनको लागि जम्मा ४५ मिनेट समय लाग्छ । सानो विमानस्थल हुँदा जटिल उडान भरेको अनुभव गरिरहेका विमान चालक धावनमार्गलाई विस्तार गर्नुपर्ने बताउँछन् ।

उडान परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने तयारी गरिएको छ । यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने पनि बताइएको छ ।

२०७२ जेठ १४ देखि कार्तिक ९ सम्म साप्ताहिक रूपमा गोमा एयरले उडान गरेको थियो । गोमा एयरको जहाज ग्राउण्डेड भएपछि सेवा अनियमित भएको थियो । हाल नेपाल वायु सेवा निगमले हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गरिरहेको छ । तर, नेपाल बायु सेवा निगमले पनि उडानलाई नियमित गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *