भूकम्पले चर्किएर अति जाेखिम भनिएकाे भवनमै पढ्दै सिन्धुलीका बालबालिका (भिडियो रिपोर्टसहित)

२०७९ माघ १४ गते १७:२१
भूकम्पले चर्किएर अति जाेखिम भनिएकाे भवनमै पढ्दै सिन्धुलीका बालबालिका (भिडियो रिपोर्टसहित)

१४ माघ २०७९ सिन्धुली । २०७२ को भूकम्पले हजारौँ बासस्थानसंगै सयौँ शिक्षण संस्थाका भवन क्षतिग्रस्त बने । धेरै सरकारी विद्यालय र क्याम्पसका भवन भत्किएर जीर्ण भए ।

पुनर्निर्माण प्राधिकरण मार्फत् धेरै जसो शैक्षिक संस्था पुनर्निर्माण भए । तर सात वर्ष भइसक्दा पनि सिन्धुलीको दुधौली नगरपालिकामा रातो स्टिकर टाँसेर अति जोखिम करार गरिएका विद्यालय भने जस्ताको तस्तै छन् । विद्यार्थी सोही भवनमा पढ्न बाध्य छन् ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नं। ५ मा रहेको माध्यमिक विद्यालय सिर्थौलीमा प्राविधिकले रातो स्टिकर टाँसरे बस्न नहुने घोषणा गरिदियो । तर, न त भवनको पुनर्निर्माण भयो न त विद्यार्थीलाई अन्यत्र लगेर अध्ययन गराइयो । चर्किएको सोही अति जोखिमयुक्त भवनमा बसेर विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

विद्यालयमा तीनवटा चर्केको भवनमा बाल कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थी राखेर कक्षा सञ्चालन हुँदै आएको छ । नगरपालिकाको वडा नम्बर १४ को प्राथमिक विद्यालयमा कक्षकोठाको अधावका कारण कक्षा १, २ र कक्षा तीन र चारलाई सोही स्थानमा पढाउनुपर्ने बाध्यता छ ।

नगरपाकिला कै वडा नम्बर १४ को चिउरी भञ्ज्याङ प्राविको अवस्था त झन दयनीय छ । भूकम्पपछि जीर्ण भएको भवनलाई पुनर्निर्माण गर्न सरकारले गरेको स्टिमेटको पैसा पनि नपाएको गुनासो विद्यालय प्रशासनको छ ।

झ्याल ढोकासम्म नभएको कक्षाकोठामा बसेर पढ्दा पानीले किताब भिज्ने हावा हुरी चलेको समयमाप र्खाल हल्लिएर ढल्ने हो कि भन्ने चिन्ताले विद्यार्थीलाई सताउने गरेको छ ।

भूकम्पले चर्काएको भवनका कक्षकोठाका भित्ताका सिमेन्ट उप्किएका छन् । सामान्य हावा आउँदा समेत हल्लिने कक्षाकोठाभित्र बसेर पढ्दा बालबालिकाको मनोविज्ञानमा कस्तो असर परेको होला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *