रुकुमपूर्वका भेडी गोठालाहरु न्यानो खोज्दै बेसी झर्न थाले (भिडियो रिपोर्टसहित)

२०७९ माघ १३ गते १६:३३
रुकुमपूर्वका भेडी गोठालाहरु न्यानो खोज्दै बेसी झर्न थाले (भिडियो रिपोर्टसहित)

१३ माघ २०७९ रुकुम पश्चिम । वैशाख महिनामा बुकी पाटन उक्लेका रुकुम पूर्वका भेडी गोठालाहरु यतिबेला बेंसी झर्न थालेका छन् ।

चिसो महिना शुरु भएसँगै माथिल्लो भेगमा हिमपात हुन थालेपछि भेडाच्याङ्ग्रा पाल्दै आएका भेडी गोठाला न्यानो खोज्दै बेंसी झर्न थालेका हुन् ।

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका अन्तर्गत तकसेरा गाउँका केही भेडी गोठ यतिबेला रुकुम पश्चिमका विभिन्न ठाउँमा आइपुगेका छन् । चिसो महिना शुरु भएसँगै माथिल्लो भेगमा हिमपात हुन थालेपछि भेडी गोठ न्यानो खोज्दै बेंसी झर्न थालेको गोठालाको भनाइ छ ।

करिब ६ महिना पाटन र ६ महिना बेंसीमा भेडाच्याङ्ग्रा चराउँदै जनजीविका चलाउने भेडी गोठाला त्रिपालमुनि भेडाबाख्रासँगै जीवन बिताउने गर्छन् ।

माथिल्लो क्षेत्र भिरकोटी, चौंरी, रेबाङ, नरसिङ, पुपाल, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाच्याङ्ग्रा बथानसँग बिताउने गर्दछन् । तर, भेडीगोठ हिमाली क्षेत्र भएकाले बाह्रै महिना एकै ठाउँमा बसेर व्यावसायिक भेडाच्याङ्ग्रा पालन गर्न नसकिने उनीहरू बताउँछन् ।

भेडाच्याङ्ग्रालाई फरक फरक ठाँउमा लियर व्यावसायिक बनेका उनीहरूले भेडीगोठ पेशा समेत अप्ठ्यारो हुँदै गएको दुखेसो गर्छन् ।
तातो ठाउँ खोज्दै रुकुम आएका चार भेडिगोठहरु चैतको अन्तिम साता पुनः भेडाच्याङ्ग्रा बथानलाई पाटन फर्काउने गर्छन् ।

तकसेराका अधिकांश बासिन्दाले प्रत्येक घरमा ५० देखि ६ सयसम्म भेडाच्याङ्ग्रा पाल्ने गरेका छन् । भेडाच्याङ्ग्राको उनबाट बनाइएका राडीपाखी र भेडाच्याङ्ग्रा बेचेर बार्षिक ४ लाख सम्म आयआर्जन गर्ने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *