धनकुटा चानुवाको बुधवारे हाट जहाँ वस्तुसँग पैसा होइन वस्तु नै साटिन्छ (भिडियो रिपोर्टसहित)

२०७९ माघ ८ गते १४:५५
धनकुटा चानुवाको बुधवारे हाट जहाँ वस्तुसँग पैसा होइन वस्तु नै साटिन्छ  (भिडियो रिपोर्टसहित)

८ माघ २०७९ धनकुटा । बस्तु बिनिमय प्रथा पछिल्लो पुस्ताका लागि अनौठो हुन सक्छ । आधुनिकतासँगै अनलाइन सपिङको चलन बढ्दै जाँदा नोटको समेत प्रयोग घट्दै गएको छ । तर, धनकुटाको एक हाट बजारमा अहिले पनि बस्तुसँग बस्तु साट्ने चलन छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ चानुवाको हाट डाँडामा साप्ताहिक रुपमा बुधबार हाट लाग्छ । जहाँ बस्तु विनिमयको चलन कायम छ । अर्थात बस्तुसँग बस्तु साटिन्छ ।

भोजपुरको जरायोटारबाट लामपाते सुर्ति, होम्ताङबाट बदाम लिएर हाट भर्न आउनेहरु महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेककटहरेका माथिल्लो भेगका बासिन्दासँग तरकारी साट्ने गर्छन् ।

वस्तु विनिमयका कारण बेसीमा फलेको उत्पादन लेकका किसानले र लेकमा फलेको उत्पादन बेसीकाले खान पाउँछन् । यहाँ हाट भर्न आउने किसानले मुल्याङ्कन वस्तुको आधारमा गर्छन् ।

साटासाट गर्दा वस्तु अनुसार बराबरीमा भाग लगाउने गर्छन् । गाउँ गाउँमा सडक सञ्जाल पुगे पनि ढाकरमा कृषिसामाग्री वोकेर ल्याउने चलन अहिले पनि छ ।

धनकुटाको चनुवाको बुधवारे हाट बजार चार जिल्लाको संगम स्थानमा छ । धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका स्थानीय हाट भर्न यहाँ आउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *