राजनीति

प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको कांग्रेस संस्थापनइतर समूहको निष्कर्ष

हिमालय टिभी
२०७९ माघ ८ गते १४:४४
प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको कांग्रेस संस्थापनइतर समूहको निष्कर्ष

८ माघ २०७९ काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको निष्कर्ष निकालेको छ।

बत्तीसपुतलीस्थित एक होटलमा कांग्रेस नेता शेखर कोइराला समूहको बैठकले यस्तो निश्कर्ष निकालेको हो । बैठकमा सहभागी सांसद चन्द्र भण्डारीले कांग्रेसभित्र स्पष्ट दृष्टिकोण नभएको भन्दै पार्टी प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु कि भनेर हिँड्ने प्रवृत्ति नरोकिएको बताउनुभयो ।

बैठकमा अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कुरा उठेको पनि भण्डारीले बताउनुभयो । बैठकमा सहभागी केही नेताहरुले कांग्रेस संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण पनि खोजेका छन ।

दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।

बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति, उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ । बैठक मंगलबार बिहान फेरि बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्