६ वर्षमा पनि पूरा भएन सितापाइला–धार्के सडक, यस्तो छ अवस्था (फोटोफिचर)

२०७९ माघ ७ गते १७:३५
६ वर्षमा पनि पूरा भएन सितापाइला–धार्के सडक, यस्तो छ अवस्था (फोटोफिचर)

७ माघ २०७९ काठमाडौं । सितापाइला धार्के वैकल्पिक सडकखण्ड निर्माण शुरु भएको ६ वर्षसम्म पनि अझै पूरा हुन सकेको छैन ।

पृथ्वी राजमार्गअन्तर्गत नागढुंगाको भरपर्दो वैकल्पिक राजमार्ग भए पनि निर्माण कार्य निकै सुस्त गतिमा छ । आर्थिक वर्ष २०७३—७४ बाट शुरु भए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम पूरा हुन सकेको छैन ।

काठमाडौंतर्फको ४ किलोमिटर सडक कालोपत्रे भए पनि बाँकी सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको छ । अहिले श्री सर्वशक्ति–हरितारा जेभिले २०७९ मा निर्माणको जिम्मा पाएको हो ।

विक्रम सम्बत २०८१ मा सम्पूर्ण निर्माण कार्य पूरा गर्नुपर्ने भए पनि निर्माण कार्य अत्यन्तै सुस्त रहेको स्थानीयको गुनासो छ ।

यो सडकखण्ड काठमाडौंमा ८‍ दशमलव ५ किलोमिटर र धादिङमा १२ दशमलव ५ किलोमिटर पर्छ । यो सडक निर्माण पूरा भएसँगै काठमाडौंदेखि धार्केसम्मको सडक करिब ५ किलोमिटर छोटिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *