सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नयाँ पर्यटकीय गन्तव्य (भिडियो रिपोर्टसहित)

२०७९ माघ ४ गते १६:४५
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नयाँ पर्यटकीय गन्तव्य (भिडियो रिपोर्टसहित)

४ माघ २०७९ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको मनोरम प्राकृतिक स्थल नागीथाममा निर्माण भएको पेमा छल उद्यान केन्द्रको सौन्दर्य मनमोहक देखिन्छ ।

बाह्रै महिना फरफराइ रहेको लुङदार र पञ्चरंगीतोरणले जो कोहीको मनै लोभ्याउँने गर्छ । प्राकृतिक सौन्दर्य र धार्मिक महत्वबोकेको थामडाँडालाई गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमाबिकास गरेपछि पर्यटन प्रर्वद्धनमा टेवापुग्ने बिश्वास लिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचपोखरी थाङ्पाल गाउँपालिकामा रहेको नागीथाम डाँडालाई गाउँपालिकाले पेमाछल उद्यान केन्द्रको रुपमा विकास गरेको छ ।

यो ठाउँमा अहिले ध्यान केन्द्र, तारा महल र अष्टमणिको चैत्य निर्माण भैसकेको छ । पाँचपोखरी क्षेत्रमा रहेका विभिन्न सुन्दर ठाउँमा पर्यटकलाई आकर्षण गर्न र पर्यटकीय गन्तव्य बढाउनका लागि गाउँपालिकाले ुपाहुना हाम्रो साथीु अभियान समेत चलाईरहेको छ ।

बौद्ध धर्मावलम्बीको धार्मिक महत्व बोकेको यस स्थानमा पाँच वटा डाकिनी अर्थात समय ताराको बासस्थान रहेको भोट भाषाको किंबदन्तीमा उल्लेख छ । बौद्ध मार्गीहरूको धार्मिक स्थल संगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक गन्तव्य स्थल बनाउनको लागि थप पूर्वाधारको विकास गर्नुपर्ने नागीथाम डाँडा संरक्षण समितिको भनाई छ ।

अहिले यो स्थानमा दैनिक ५० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । यहाँ पुग्ने धेरैजसो बाह्यभन्दा अन्तरिक पर्यटक धेरै हुने गरेका छन् । यो स्थानबाट साहसिक खेल प्यारागाईडिङको पनि सफल परीक्षण भइसकेको छ । पर्याप्त होमस्टे, सुविधा सम्पन्न होटल अन्य मनोरञ्नका लागि विभिन्न संरचनाहरू निमार्ण गर्न सकेमा आयस्रोतमा समेत वृद्धि हुन सक्ने स्थानीयको अपेक्षा छ ।

समुन्द्री सतहदेखि २४ सय ८० मिटर उचाइमा रहेको नागिथाम डाँडाबाट पश्चिममा जुगल हिमश्रङ्खलाको मनमोहक दृश्य देखिन्छ भने थाङ्पाल उपत्यकाका सुन्दर गाउँ र दक्षिणमा काभ्रेको धुलिखेल, नगरकोट, फुलचोकी डाँडा हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *