दाङको लालमटियामा सेवाग्राहीको चहलपहल (भिडियो रिपोर्टसहित)

२०७९ माघ ३ गते १८:१५
दाङको लालमटियामा सेवाग्राहीको चहलपहल (भिडियो रिपोर्टसहित)

३ माघ २०७९ दाङ । राप्ती उपत्यका दाङको लालमटियामा अहिले प्रदेशसभा सांसद र प्रदेशको कामका लागि आउने सेवाग्राहीको चहलपहल बढेको छ ।

प्रदेश सरकारका संरचना निर्माणले पनि गति लिएको छ । साविकको राप्ती प्राविधिक शिक्षालय परिसरभित्रै लुम्बिनी प्रदेश सरकारका अधिकांश प्रशासनिक संरचना छन् भने केही राप्ती गाउँपालिकाका विभिन्न कार्यालयमा व्यवस्था गरिएको छ ।

केही समय अघिसम्म विद्यार्थीको शिक्षण सिकाइ हुने यो ठाउँ अहिले लुम्बिनी प्रदेश सरकारको संरचना निर्माणले प्रशासनिक केन्द्र बन्न पुगेको छ । २० बिघा क्षेत्रफलमा फैलिएको यो परिसरमा राप्ती प्राबिधिक शिक्षालयका लागि भनेर बनाइएका साना ठूला गरी ४० वटा भवन छन् ।

त्यसमा अहिले ५ करोड रुपैयाँ भन्दा बढीको लागतमा निर्माण सम्पन्न गरिएको नयाँ प्रदेशसभा भवन छ । ११ मन्त्रालय मध्ये ६ वटा मन्त्रालय र केही अन्य कार्यालय परिसर भित्रबाटै सञ्चालनमा आएका छन् भने ७ वटा मन्त्रालय परिसर बाहिर राप्ती गाँउपालीकाका विभिन्न कार्यालय छन् ।

अहिले भएका भवनलाई मर्मत गरेर सेवा सञ्चालन गरेको प्रदेश सरकारले ११ वटा मन्त्रालयका लागि नँया भवन निर्माणको ठेक्का प्रक्रियामा छ । प्रदेशको राजधानी सञ्चालनमा आएसँगै गाउँ गुलजार भएको छ भने दंगालीवासी खुसी भएका छन् ।

दाङमा प्रदेश राजधानी सार्ने निर्णय कार्यान्वयनमा आएपनि अझै कतिपय कानुन भने बनाउन सकेको छैन । नयाँ कार्यकालले विस्तारै त्यो सफलता पनि हासिल गर्ने प्रदेशवासीको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *