रामेछापको फोहर जिल्लामै खपत, अण्डा राख्ने क्रेट बनाउँदै युवा (भिडियो रिपोर्टसहित)

२०७९ माघ ३ गते १७:४०
रामेछापको फोहर जिल्लामै खपत, अण्डा राख्ने क्रेट बनाउँदै युवा (भिडियो रिपोर्टसहित)

३ माघ २०७९ मन्थली । रामेछापका बजार क्षेत्रमा निस्कने कागज जन्य फोहर जिल्लामै खपत हुन थालेको छ ।

कागजजन्य पदार्थबाट रामेछापका युवाले अण्डा राख्ने क्रेट उत्पादन गर्न थालेपछि फोहर सदुपयोग हुन थालेको छ ।

बजारमा फोहरको रुपमा फालिने कागजका टुक्रा र विभिन्न सामान प्याक भएर आएका कार्टुनलाई संकलन गरेर युवाले जिल्लामै पहिलो पटक अण्डा राख्ने क्रेट उत्पादन गर्न थालेका छन् ।

रामेछापका सात जना युवा मिलेर बजार क्षेत्रमा फोहरका रुपमा फालिएका कागजको सदुपयोग गर्ने उद्देश्यले ग्रीन हाइलाइट नेपाल प्राइभेट लिमिटेड नामको कम्पनी मार्फत कागज प्रशोधन गरी क्रेट बनाउने गरेका छन् । उद्योग सञ्चालनमा आएसँगै जिल्ला सदरमुकामको फोहर व्यवस्थापनमा सहज भएको छ भने १७ जना युवाले रोजगारी पाएका छन् ।

उद्योगमा युवाले प्रतिव्यक्ति १० लाख लगानी गरेका छन् । उद्योगले अहिले प्रतिदिन तीन हजार थान क्रेट उत्पादन गरिरहेको छ । उत्पादित क्रेट १० प्रतिशत रामेछाप जिल्ला मै विक्रि हुने गरेको छ । दोलखा, सिन्धुली, काठमाडौँ र चितवनमा पनि पठाइने गरेको छ ।

कम्पनीले कागजको गुणस्तर हेरी बजार क्षेत्रका व्यवसायी, कबाडी सामग्री संकलक र फोहर उठाउने ठेकेदारसँग प्रति किलो ८ रुपैयाँमा कागज जन्य पदार्थ खरिद गर्ने गरेको छ ।

यसअघि कागजजन्य बस्तुलाई पनि फोहरका रुपमा मिल्काउने व्यवसायी अहिले भने संकलन गरेर राख्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *